Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तिहार नजिकिएसँगै बजारमा मनलाग्दी मूल्यवृद्धि, सरकार मौन

अनुषा थापा
कार्तिक ११ २०८१, आइतबार
तिहार नजिकिएसँगै बजारमा मनलाग्दी मूल्यवृद्धि, सरकार मौन

नेपालीहरुको महान् चाड बडा दशैँ सकिएको छ । अहिले तिहार संघारमै आइसक्यो । दशैँ सकिएर तिहार नजिकिएसँगै अहिले बजारमा ह्वात्तै मूल्यवृद्धि भएको आम नागरिकको गुनासो छ । दैनिक उपभोग्य वस्तुकै मूल्य अचाक्ली रुपमा बढेको उनीहरु बताउँछन् ।
एउटै सामानमा व्यापारीहरुले २० रुपैयाँदेखि आठ सय रुपैयाँसम्म बढाएका छन् । तिहारका लागि आवश्यक भाइमसालाको पोहारको भन्दा दोब्बर÷तेब्बरले मूल्य बढेको छ । व्यापारीले भनेजति मूल्यमा सामान किनेपनि आम सर्वसाधारणले गुणस्तरीय वस्तु उपभोग गर्न पाएका छैनन् ।
अहिले एउटै भाइमसालको न्यूनतम मूल्य दुई हजारदेखि पन्ध्र÷बीस हजारसम्म छ । तर, यति धेरै पैसा तिरेर पनि सर्वसाधारणले राम्रो वस्तु पाएका छैनन् । म्याद सकिएका, गुणस्तरहीन वा कुहिएका, बिग्रिएका वस्तु व्यापारीहरु बेच्छन् । चाँहे त्यो ड्राइ फुड्स होस् या मदिरा ।
आम नागरिक भन्छन्, ‘साना किराना पसलदेखि भाटभटेनी, सुपर मार्केट, बिग मार्टमा यस्ता गुणस्तरहीन वा म्याद सकिएका सामान छ्यापछ्याप्ती भेटिन्छन् ।’ सरकारले खाद्य तथा पेय पदार्थको मूल्य निर्धारण गरेको छैन । व्यापारीहरुले आफुखुशी मूल्य तोक्दै आएका छन् ।
जसका कारण जनताले महँगोमा त सामान किन्नुपरेको छ नै सँगै यस्ता खाद्य तथा पेय पदार्थको सेवनले रोगी बनेका छन् । केही वर्षयता मुलुकमा मन्दी छ । व्यापार व्यवसाय ठप्प हुँदा धेरैले रोजगारी गुमाएका छन् । महँगी बढेको बढ्यै छ तर रोजगारी छैन ।
रोजगारी भएपनि तलब कम छ । कतिपयले त वर्षौदेखि तलब नपाएको पनि सुनिन्छ । अनि यस्ता नागरिक अब कसरी बाँच्ने ? एकातिर बजारमा महँगी बढेको छ, अर्कोतिर बेरोजगारी वा काम गरेको ठाउँबाट तलब पाएको छैन !
अब पैसा नहुने सर्वसाधारण भोकभोकै मर्नुपर्ने परिस्थिति सिर्जना भएको छ । किनकि पैसा हुनेहरु त जतिसुकै महँगी भएपनि किनेर खाइहाल्छन् । भोकै मर्ने भनेको त गरिब जनता त हुन् । महँगी बढेसँगै अहिले बजारमा जताततै चोरी बढेको सुनिन्छ ।
मानिसहरु दिउँसो आफ्नो घर, कोठामा चोरी भएको बताउँछन् । यता, बाटोमा माग्ने मान्छेको संख्या पनि उत्तिकै बढेको छ । सार्वजनिक यातायातदेखि सडक, मठमन्दिर, घरलगायतमा माग्ने मान्छेहरु यत्तिकै भेटिन्छन् ।
बेरोजगारी तथा आर्थिक समस्याका कारण अधिकांशको घरमा झैझगडा भएको वा परिवार लथालिंग भएको पनि बुझिन्छ । सहकारी, लघुवित्त र फाइनान्सले करोडौं बचतकर्ताको लाखौं रकम पचाइदिएको छ । यी संस्थामा एकै व्यक्तिको लाखदेखि करोडौं डुबेको छ ।
जीवनभर रगतपसिना बगाएर खाईनखाई वा आफ्नो पुख्र्यौली सम्पत्ति बेचेर बढी ब्याजको प्रलोभनमा मानिसहरुले सहकारी, लघुवित्त र फाइनान्समा बचत गरेका थिए । तर, अहिले ब्याज त परको कुरा हो, उनीहरुले साँबा नै फिर्ता पाएका छैनन् ।
आफ्नो निक्षेप फिर्ता आउने आशामा कहिले आन्दोलन गर्छन् त कहिले प्रहरी चौकी, स्थानीय तहm सहकारी विभाग, मन्त्रालयलगायत.सम्बद्ध निकाय धराउँछन्, पीडितहरु । तैपनि उनीहरुले आफ्नो बचत पाएका छैनन् ।
आफुहरुको बचत रकम हिनामिना गर्ने सहकारी सञ्चालकहरुलाई सरकारले कारबाही समेत नगरेको पनि उनीहरुको आरोप छ । सहकारीकै कारण घरजग्गा, गाडी र सेयरमा पनि मन्दी आएको हो । किनकि यी क्षेत्रमा सहकारीले लगानी गर्दै आएका थिए ।
तर, सहकारी भाग्नासाथ यसको किनबेच ठप्प भएको छ । घरजग्गा, गाडी र सेयर पुरानै लयमा फर्किन अब निकै गाह्रो हुने देखिन्छ । बजारमा पाँच सय र हजारको नोट कम देखिन थालेको छ । व्यापारी, सरकारी कर्मचारी, नेतालगायतले पैसा लुकाइसकेका छन् ।
उनीहरुले पाँच सय र हजारको नोट घरमा लुकाइसकेका छन् । । पैसा नहुनेसँग हिजो पनि थिएन र आज पनि छैन । अहिले नेपाली युवाहरु रोजगारीका लागि विदेशिने क्रम बढ्दो छ । चाडपर्वमा समेत हजारौं युवाहरु खाडी गए ।
अहिले उमेर हुने र रोग नलागेकाहरु कसैले ऋण पत्याएमा रोजगारीका खाडी जान्छन् भने उमेर पुगेका अनि रोगले च्यापेकाहरु आफ्नो गाउँघर फर्किदैँ छन् । यता, भ्रष्टाचार वा राजस्व छलेका पैसा व्यापारी, कर्मचारी तथा नेताहरुले आफ्नो अमेरिका, अस्ट्रेलियामा भएका छोराछोरीलाई हुण्डाईमार्फत पठाएर त्यहाँ घरजग्गा जोड्न लगाएका छन् ।
अनि यहाँ बसेर भनेर आफ्ना छोराछोरीले दिनरात भनी काम गरेर अमेरिका, अस्ट्रेलियामा घरजग्गा जोडेको भन्दै धाक देखाउँछन् । अहिले बजारमा जताततै कोठा, सटर तथा फ्ल्याट खाली देखिन्छन् । काठमाडौं उपत्यकासहित देशभरका अधिकांश ठाउँमा घरहरु खाली हुदैँ गएका छन् ।
घर खाली भएसँगै घरधनीहरु चिन्तित भएका छन् । उनीहरुका रातको निन्द्रा र दिनको भोक नै हराएको छ । यता, घरजग्गा किनबेच पनि ठप्पै छ । मालपोत कार्यालयमा सेवाग्राहीको चहलपहल निकै घटेको छ । यतायात कार्यालयमा पनि यस्तै छ । गाडी बेचबिखनमा पनि मन्दी छाएको छ ।
विभिन्न क्षेत्रमा गरेको लगानी डुब्दा धेरै जनता तनावमा छन् । लगानी डुबेपश्चात् कतिपयले सहन नसकेर आत्महत्या पनि गरेका छन् । कतिपयले देशै छोडेका छन् त कतिपय लुकीछिपी हिँडेका छन् । अहिले मुलुकको प्रधानमन्त्री एमाले अध्यक्ष केपीशर्मा ओली छन् ।
उनको दुई पटक मिर्गौला फेरिएको छ । त्यो पनि जनताले तिरेको करबाट । यतिमात्र नभई यसअघि प्रधानमन्त्री हुँदा उनी बिरामी मात्र हुन्थे । उनको उपचार गर्दा सर्वसाधारणले तिरेको अर्बौ कर सकियो । ओली नेपालको पानी पिउँदैनन् ।
विदेशबाट आयात गरिएको महँगो पानी पिउँछन् । उनी एक दिनकै विदेशीबाट आयात गरिएको ७० हजार रुपैयँम बराबरको पानी पिउँछन् । अहिले प्रधानमन्त्री ओलीको हातमा लगाइएको घडीको मूल्य झण्डै तीन करोड रुपैयाँ रहेको बताइन्छ ।
उनले लगाएको चस्मा मात्र ४५ लाख रुपैयाँ बराबरको रहेको सुनिएको छ । त्यस्तै, कोट सात लाख, जुत्ता एक लाख, दाउरा सुरुवाल डेढ लाखसहित अन्य पोशाक तथा सामग्री पनि यत्तिकै महँगो मूल्यको लगाउँछन् भनेर भनिन्छ । ओलीको भक्तपुरको बालकोटस्थित दश रोपनी जग्गामा दरबारजस्तो घर छ ।
तेह्रथुम र झापामा पनि रोपनीका रोपनी जग्गा र घर रहेको बताइन्छ । यतिमात्र नभई उनको स्वदेशी तथा विदेशी बैंकमा अर्बौ रकम रहेको र सुनचाँदी, सेयरलगायतमा पनि त्यत्तिकै लगानी रहेको सुनिन्छ । ओली कुनै व्यापारी होइनन् । न त उनले कहिल्यै रोजगारी नै गरे ।
२०२८ सालमा झापामा खाना खान लागेका एक व्यक्तिको उनले घाँटी छिनाले । सोही कसुरमा १४ वर्ष जेल जीवन बिताए । तर, आम जनमानसमा भ्रम छर्न आफु राजनीतिक परिवर्तनका निम्ति जेल बसेको दाबी गर्दै आएका छन् ।
ओलीकी श्रीमती राधिका शाक्य राष्ट्र बैंककी पूर्वकर्मचारी हुन् । तर, ओलीले कहिल्यै रोजगारी गरेनन् । अनि उनैको यत्रो सम्पत्ति कसरी आयो ? कसरी उनी पानी मात्र यत्रो महँगो पिउँछन् । यत्रो पैसा कहाँबाट आयो ? राष्ट्र बैंकको पूर्वकर्मचारीको तलबले मात्र त यस्तो सम्पत्ति नहुनु पर्ने ? अब प्रधानमन्त्री ओलीको पनि सम्पत्ति छानबिन हुनुपर्छ ।
जनता महँगीका कारण भोकै मर्नुपर्ने अवस्थामा पुगिरहँदा मुलुकको जिम्मेवार पदमा रहेको व्यक्तिले चाँहि दैनिक विदेशबाट आयात गरिएको ७० हजार रपैयाँको पानी पिउन मिल्छ ? यत्रो पानी पिउने हैसियत कसरी बन्यो ? यो पनि छानबिन गरियोस् ।
अहिले नेपालको वैदेशिक ऋण २७ खर्ब पुगिसक्यो । प्रत्येक नेपालीको टाउकोमा लाखौं विदेशी ऋण छ । आम नागरिक खान नपाएर आत्महत्या गरिरहँदा सरकार भने विदेशीसँग ऋण लिएर मोजमस्ती गरिरहेको छ । अनि यस्तो सरकारबाट जनताले के आशा गर्ने ?
यता, बजार अनुगमन गरी कालोबजार गर्नेलाई कारबाही गर्नुको साटो उल्टै आफ्नो पार्टी कार्यालय बनाउन व्यापारीसँग जग्गा दान लिन्छन्, प्रधानमन्त्री ओली । सरकार आफैं व्यापारीको बचाउमा लागेपछि जनताले कसरी सुख पाउँछन् ? कसरी महँगी नियन्त्रण हुन्छ ? कसरी कालोबजारी हट्छ ?
प्रधानमन्त्री व्यापारीको हितमा काम गर्छन् अनि सर्वसाधारण महँगी, बेरोजगारी र कालोबजारीका कारण भोकभोकै बस्छन् । अनि भोक सहन नसकेपछि कतिपयले आत्महत्या गर्छन् त कतिपयले यत्तिकै ज्यान गुमाउँछन् ।

प्रकाशित मिति: कार्तिक ११ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ३ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • सुनसरीको बसपार्कबाट प्रहरीले खोजीखोजी समात्यो

    धरानः सुनसरीको इनरुवाबाट प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ । इनरुवा–४ बसपार्कमा प्रहरीले खोजीखोजी युवालाई पक्राउ गरेको हो । पूर्व–पश्चिम राजमार्गमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी...

    • ४ दिन अगाडी
    • २ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • ७ दिन अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend