Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बीमाको नाममा लुट, यसैमा छ छुट !

अनुषा थापा
कार्तिक २६ २०८१, सोमबार
बीमाको नाममा लुट, यसैमा छ छुट !

बुढापाकाले भन्थे, ‘हातले दियो, खुट्टालाई दुःख ।’ यतिबेला बीमितहरुको अवस्था यो उखानसँग मिल्दोजुल्दो छ । मुलुकमा थुप्रै बीमा कार्यक्रम छ । स्वास्थ्य बीमा, दुर्घटना बीमा, जीवन बीमालगायतका बीमा कार्यक्रम चर्चामा छ । स्वास्थ्य बीमा गर्न तीन हजार पाँच सय रुपैयाँ लाग्छ ।
त्यति तिरेपछि एउटा घरपरिवारका पाँच जना सदस्यले एक वर्षभर उपचार पाउने भनिएको छ । सवारी साधनको पाँच हजारदेखि एक लाखसम्मको बीमा कार्यक्रम छ । घरहरुको पनि बीमा हुन्छ । बीमा कम्पनीहरुको पोलेसीः फकाईफकाई बीमा गराउन लगाउने अनि दुर्घटना भयो भने पैसा दिनचाँहि आलटाल गर्ने ।
इन्स्योरेन्स कम्पनीहरुले सरोकारवालालाई पैसा खान दिएर आफ्नो हकमा फैसला गराएको छ । बीमा नभएको सवारी साधनको रुट परमिट, ब्लूबुक नवीकरण नहुने नियम छ । त्यसैले बाध्य भएर पनि बीमा गराउनैपर्छ । यी कम्पनीले बैंक तथा वित्तिय संस्थाका सञ्चालकलाई पनि हातमा लिएका छन् ।
बीमा नभएको घरहरुलाई कर्जा नै दिइँदैन् । पहिले बीमा गर अनि कर्जा लेऊ । यता, गाडीको हकमा पनि त्यही नै छ । अटोशोरुमले सवारी खरिदकर्तालाई गाडी बुकिङ्ग गर्नेबित्तिकै बीमा गर्न लगाउँछन् । बीमाका सञ्चालकले राजनीतिक दललाई चन्दा दिएर सर्वसाधारणलाई लुटिरहेका छन् ।
बीमा गराउँदा यो–त्यो हुन्छ भनि लोभ्याउने अनि जनताको पैसा असुल्ने । कोरोनाकालमा बीमा कार्यक्रम ल्याएर इन्स्योरेन्स कम्पनीहरुले त्यो पैसा झ्वाम्म बनाए । बैंकहरुले करोड पर्ने घरजग्गा राखेर ५० लाख दिन्छ । २० लाखको गाडी राखेर पाँच लाख दिन्छ । बैंक त सेफ भइहाल्यो ।
अनि तैपनि बीमा गराऊँ भन्छन्, किन ? प्रष्टै छ, कमिशनका लागि । बीमा कम्पनीले कमिशन दिन्छन्, त्यही कमिशन खानको लागि बैंकहरुले त्यसो गर्छन् । पछिल्लो समय बीमा बेतिथि बन्दै गएको छ । बीमाको लोभमा हत्या गरिएको थुप्रै घटना हाम्रो समाजमा छ । हेटौंडामा बीमाकै कारण बुहारी मारियो ।
आफ्नै श्रीमान् मारेकोसम्मको घटना छ । बीमाको रकमका लागि आफ्नो पसलमा आगो लगाउँछन् । बीमा कम्पनीले नयाँ–नयाँ बीमा कार्यक्रम ल्याइरहेका छन् । उड्नेदेखि गुड्नेसम्मको बीमा गराइएको छ । स्वास्थ्य बीमा किन गरिन्छ ? उपचारमा सर्वसुलभ होस् भनेर ।
तर, मँहगो उपचार छ भने बीमा कम्पनीले हात उठाउँछ । यता, अस्पतालहरुले औषधी पनि दिँदैनन् । बिरामीहरुले गएर उपचार गराउँछन्, औषधीचाँहि पैसा हालेर किन्नुपर्छ । औषधी नै छैन् भनेपछि के गर्ने ? बाहिर किन्नुपर्ने बाध्यता पर्यो । बीमा हरेक वर्ष नवीकरण गर्नुपर्छ । बीमा कम्पनीले खुरुखुरु पैसा लिन्छ ।
यद्यपि, पैसा दिने बेला यति दुःख दिन्छन् कि के भन्ने ? पैसा लिँदाचाँहि हजुर र तपाईं, दिने बेलाचाँहि दाँतबाट पैसा निकाल्छन् । प्रहरीको डकुमेण्ट, अस्पतालको कागजात, यो–त्यो डकुमेण्ट भन्दाभन्दै पीडित झन् पीडित हुन्छन् । बीमा गराउँदा मापदण्डबारे केही जानकारी गराउँदैनन् ।
बस्, फाइदा मात्र देखाउँछन् । त्यही फाइदामा लोभिएर बीमा गराइन्छ, पछि त्यत्रो दुःख हुन्छ भन्ने के थाहा ? सर्वसाधारणहरुले बीमा कम्पनी ‘ठग’ हुन् भन्न थालेका छन् । सरकारदेखि लिएर निजी क्षेत्रसम्मलाई कमिशन खुवाएर हातमा लिने अनि सीधासाधी जनता लुट्ने ।
म्यानपावर, कन्सल्टेन्सी र सहकारीपछि ‘ठग’ को सूचीमा इन्स्योरेन्स कम्पनी पनि समेटिँदै छ । बीमा कम्पनीहरुको ठगीधन्दाको पोलेसी विस्तारै बाहिर आउँदै छ । बीमा कम्पनीलाई दर्ता दिने अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक हो । तर, नियामक निकाय यी संस्थाको ठगीधन्दाको रमिता हेरेर बसेको छ ।
कतै हामी सित्तैको लोभमा पर्दा ठगिएका त छैनौं भनेर सोच्दैनन् । दुःख नपाएसम्म हाम्रो चेत नै खुल्दैन् । बाठाटाठाले ठगेको ठग्यै छन्, हामी बुझ्दैनौं । बैंकहरुले हामीले तपाईंको करोडौं बचतको बीमा गराइदिएको छौं भन्छन् । कानुनमा पाँच लाख रुपैयाँभन्दा बढीको बीमा नै हुँदैन् ।
भोलि केही कारणबस् बैंक भाग्यो या त्यहाँ कुनै दुर्घटना भयो भने पाँच लाखको क्षतिपूर्ति पाइन्छ । चिप्लाहरुले लुट्ने क्रम जारी छ । यी ‘ठग’ हरुको धन्दा बन्द गर्ने बेला भइसकेको छ । बीमाको नाममा ठगिएकाहरुले अन्यलाई ठगिनबाट जोगाउनुपर्छ भने सञ्चारकर्मीले पनि बीमाको ठग्ने पोलेसी बाहिर ल्याएर जनतालाई सचेत बनाइदिनुपर्छ ।
पर्दाभित्र बस्ने, बजारमा एउटा पोलेसी फ्याकिदिने अनि लुट्ने । यस्तो धन्दामा रोक लाग्न जरुरी भइसकेको छ । भागै–भागको खेलमा सँधै जनता लुटिएका छन् । सर्वसाधारणले बीमाको नाममा तिरेको पैसा देशका उच्च पदस्थसम्मको हातमा पुग्ला । किन कि यो देश नै कमिशनमा चलेको छ ।
देशका मन्त्रीहरुकै यस्ता ‘ठग’ कम्पनी होला । शेयर होला । देशका मन्त्रीहरु कस्ता छन् ? यो त सबैको आँखाअगाडि छर्लङ्ग छ । दौरासुरुवाल लाउने, झण्डावाल गाडी चढ्ने अनि मानव तस्करी गर्ने । कोही नक्कली भुटानी शरणार्थी बनाएर जनता बेच्छन् त कोही जापान लैजाने भनेर ।
यहाँ बाहिर देखिने एउटा छन्, पर्दाभित्र अर्को छन् । सर्वसाधारण पनि लोभमा फस्नु भएन् । पछिल्ला दिन सर्वसाधारणको आँखा खुलिरहेको छ । विगतमा बीमा गरेकाहरुले नवीकरण गर्न छोडेका छन् । एकचोटि ठगिएपछि को अर्कोचोटि ठगिन चाहन्छ र ? नयाँ बीमा गर्नेहरुको संख्या पनि न्यून छ ।
कर्जा तिर्न नसकेकाहरुको तीन पुस्ते धमाधम बैंकले पत्रिकामा निकालिरहेको छ । एकातिर बैंकले पत्रिकामा नाम निकालेको छ, अर्कोतिर इन्स्योरेन्स कम्पनीलाई पैसा पनि तिरिरहेको छ । कमिशनको लागि ऋणीको टाउकोमा थप ऋण थुपारिदिने काम भइरहेको छ । केही समयअघि एउटा गीत आएको थियो,‘लुट्न सके लुट कान्छा, नेपालमै छ छुट ।’
यो वास्तविक नै रहेछ । बाठाटाठाले सीधासाधीलाई जति ‘मुर्गा’ बनाएपनि कसैले छुन सक्ने होइन् । मुलुकमा कानुन छ । तर, ‘ठग’ हरुको अगाडि कानुन निरीह बनेको छ । कानुन सीधासाधी जनताको हकमा मात्र लागु हुनेजस्तो भएको छ । ‘ठग’ हरुलाई सहयोग गर्ने सरकार नै हो ।
कमिशन खाएर लाइसेन्स बाँड्ने अनि अनुगमन नगर्ने । सहकारीलाई मनोमानी गर्न छुट दिँदा करोडौं जनताको बिल्लीबाठ भएको छ । इन्स्योरेन्सले कतिलाई ठग्ने हो ? यहाँ त लाइसेन्सको मतलब ठग्ने स्वीकृतिजस्तै भएको छ । अहिले त खाडीमा काम गर्न जानुपर्यो भनेपनि बीमा गर्नुपर्छ । सरकार रोजगारी दिन सक्दैन्, ऋण लिएर सर्वसाधारण विदेश जान परेको हुन्छ, त्यसमाथि पनि इन्स्योरेन्सको बोझ । गाईँभैसीको पनि इन्स्योरेन्स । जसरी हुन्छ लुट्ने ।

प्रकाशित मिति: कार्तिक २६ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ३ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • सुनसरीको बसपार्कबाट प्रहरीले खोजीखोजी समात्यो

    धरानः सुनसरीको इनरुवाबाट प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ । इनरुवा–४ बसपार्कमा प्रहरीले खोजीखोजी युवालाई पक्राउ गरेको हो । पूर्व–पश्चिम राजमार्गमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी...

    • ४ दिन अगाडी
    • २ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • ७ दिन अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend