Hamro Koshi Aawaj

शनिबार, असोज १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

यी व्यवसायबाट मासिक डेढ लाख कमाउँछन् २२ वर्षे युवा

हाम्रो कोशी आवाज
साउन २९ २०८३, शुक्रबार
यी व्यवसायबाट मासिक डेढ लाख कमाउँछन् २२ वर्षे युवा

-लिना थापा
धरानः उमेर जम्मा २२ वर्ष तर यो सहरमा यो नाम अहिले एउटा मात्र परिचयले चिनिँदैन । कर्पोरेट कार्यालयको जिम्मेवारी बोकेको हात, आफ्नै व्यवसायको जोखिम मोल्ने साहस, रोबोटिक्सको जटिल संसारमा रमाउने दिमाग, संगीतको सुरमा बग्ने मन, क्यामेराको लेन्सबाट संसार हेर्ने आँखा र समाजसेवाको भावनाले धड्किने हृदय । यी सबै एकैसाथ बोकेर विराटनगरका अनुभव बस्नेत हिँडिरहेका छन् ।
प्रविधिमा आधारित भेन्डिङ व्यवसायको सम्भावना कसैको नजरमा परेकै थिएन । त्यही मौनतालाई अनुभवले अवसरमा फेरे र जन्माए एबी भेन्डोरर्स । जसलाई अहिले मानिसहरू ‘भेन्डिङ किङ विराटनगर’ भनेर चिन्छन् । आज उनका तीनदेखि चार वटा स्मार्ट भेन्डिङ मेसिन चलिरहेका छन्, र हरेक मेसिनले औसतमा मासिक करिब डेढ लाख रुपैयाँसम्मको बिक्री गरिरहेको छ ।
यो सपना विराटनगरको सीमानामै अडिएन । यात्रा विराटनगर विमानस्थलसम्म पुग्यो, जहाँ हतारमा हुने यात्रुहरूले आवश्यक सामग्री सहजै किन्न पाउँछन् । अनुभवको एउटै सिद्धान्तले यो व्यवसायलाई भीडभन्दा अलग उभ्यायो–मेसिनमा राखिने हरेक सामान एमआरपीमै बेच्ने । सार्वजनिक स्थानमा सामान महङ्गो पर्छ भन्ने गुनासो चिरेर उनले ग्राहकको भरोसा जितेका छन् । उनका लागि भेन्डिङ मेसिन केवल सामान बेच्ने यन्त्र मात्र होइन, यो त प्रविधि र दैनिक जीवनलाई गाँस्ने नयाँ खालको रिटेल अवधारणा हो । यसैलाई अझ पर पुरयाउँदै उनले नेपालमै निर्मित मेड इन नेपाल स्मार्ट भेन्डिङ मेसिनको पहल पनि थालेका छन् ।
व्यवसायको यो यात्रासँगै अनुभवको अर्को अनुहार कर्पोरेट क्षेत्रमा पनि उत्तिकै झल्किन्छ । उनी विराट नर्सिङ होम, विराट मेडिकल कलेजमा पनि कार्यरत छन्, साथै संस्थाको डिजिटल उपस्थिति गढ्ने जिम्मेवारीमा कन्टेन्ट क्रियटरको भूमिकामा पनि सक्रिय छन् । प्रविधिप्रतिको यही तिर्खाले उनलाई रोबोटिक्सको संसारसम्म तानेर लग्यो । उनी टिम डिस्टिब्युटर्सका संस्थापक हुन्, जसले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका रोबोवारर्स र रोबोसोसियर प्रतियोगितामा भाग लिँदै आएका छन् ।
दिनभरिको हतारपछि साँझ ढल्दा अनुभव फेरि नयाँ रूपमा जीवित हुन्छन्— विराटनगरका विभिन्न क्लब र लाउन्जमा लाइभ कन्सर्टमा पनि भूमिका निभाउँछन् । विभिन्न कार्यक्रमहरूमा फ्रिलेन्स इभेन्ट होस्टको भूमिकामा पनि उनी उत्तिकै सहज देखिन्छन् । समाजसेवाको धर्तीमा पनि उनको खुट्टा उत्तिकै बलियो गाडिएको छ— हाल उनी रोट्याक्ट क्लब अफ विराटनगरको भाइस प्रेसिडेन्ट भएर सामाजिक सेवाका विभिन्न कार्यक्रममा नेतृत्व गरिरहेका छन् ।
अनुभवको सम्बन्ध क्यामेरा र आकाशसँग पनि उत्तिकै गहिरो छ । ड्रोन पाइलट, भिज्युल स्टोरी टेलरका रूपमा उनी स्थानीय तथा राष्ट्रिय ब्रान्डहरूसँग सहकार्य गर्दै काम गर्छन् । यात्रा उनको मनपर्ने अर्को भूमि हो — नेपालका कुनाकुनामा पुगेर त्यहाँको प्राकृतिक सौन्दर्य, संस्कृति र यात्रा–अनुभवलाई भिडियो र डिजिटल कन्टेन्टको माध्यमबाट उनी संसारसामु ल्याइरहेका छन् ।
डिजिटल क्षेत्रमा हिँड्दै जाँदा उनले एउटा रित्तोपन महसुस गरे– पूर्वी नेपालका कन्टेन्ट क्रियटरर्सबीच सम्पर्क र सहकार्यको वातावरणको अभाव । यही रित्तोपनलाई पूर्ति गर्न उनले सुरु गरे । जसले विराटनगर र पूर्वी नेपालका डिजिटल प्रतिभाहरूलाई नेटवर्किङ र क्लोलाब्रेसन अनुभव आदानप्रदानको साझा मञ्च दिइरहेको छ ।
२२ वर्षको उमेरमा यति धेरै क्षेत्रमा एकसाथ हिँड्नु सजिलो कुरा होइन । यसका लागि समय व्यवस्थापन, अनुशासन र निरन्तर सिकाइ अपरिहार्य हुन्छ भन्नेमा अनुभव स्पष्ट छन् । उनी मान्छन्, ‘आजको युवाले आफ्नो सम्भावनालाई एउटै करियरमा साँघुरो पार्नु आवश्यक छैन ।’
उनको यात्रा कुनै एक व्यवसाय वा पेशाको कथा मात्र होइन, यो त एउटा प्रमाण हो– कसरी आजको पुस्ताले आफ्नो रुचि र क्षमतालाई विभिन्न क्षेत्रमा फैलाएर नयाँ सम्भावनाहरू सिर्जना गर्न सक्छ भन्ने । कर्पोरेट कार्यालय, आफ्नै व्यवसाय, रोबोटिक्स ल्याब, संगीतको मञ्च, क्यामेराको लेन्स र सामाजिक सेवा, यी सबैबीच दौडिरहेको अनुभवको यो यात्रा अझै सुरुवाती चरणमै छ । यी फरक–फरक बाटाहरूले उनलाई आगामी दिनमा कहाँ पुरयाउँछन्, त्यो हेर्न बाँकी नै छ । तर एउटा कुरा भने ढुक्कसाथ भन्न सकिन्छ– अनुभव बस्नेत आफूलाई एउटै परिचयमा सीमित राख्न कहिल्यै तयार छैनन् ।

प्रकाशित मिति: साउन २९ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको मितेरी बैंकले शेयरधनीलाई लाभांश बाँड्ने

    धरानः मितेरी डेभलपमेन्ट बैंकले शेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको गएको असोज १० गते बसेको बैठकले ५ प्रतिशत बोनस...

    • १० घण्टा अगाडी
    • १ मिनेट पाठ
  • चाडपर्वमा हवाई भाडा बढी असुले १५ लाख जरिवाना

    धरानः चाडपर्व, विपद् वा आपतलीन समयमा स्वीकृत दरभन्दा बढी हवाई भाडा असुल्ने वायुसेवा कम्पनीलाई सरकारले कडा कारबाही गर्ने भएको छ। सङ्घीय संसद्मा पेस भएको नेपाल...

    • १० घण्टा अगाडी
    • २ मिनेट पाठ
  • भोकै पढ्न आउँछन् विद्यार्थी

    -विनोद सापकोटा बिर्तामोडः नगर प्रमुख मेघाहाङ थोप्राको हातबाट नियुक्तिपत्र लिँदै गर्दा भीमाकुमारी खत्रीका आँखामा हर्षका आँशु देखिन्थे । त्यो आँशुमा एउटा शिक्षिकाले वर्षौंसम्म गरेको मेहनतको...

    • ११ घण्टा अगाडी
    • ८ मिनेट पाठ
  • धरानमा चिस्यान केन्द्र निर्माण भएपछि राहत

    धरानः कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा धरानमा निर्माण भएको शीतगृह (चिस्यान केन्द्र) ले किसानलाई राहत मिलेको छ । विगतमा बिक्री नभएका आफ्ना उत्पादन खेर...

    • ११ घण्टा अगाडी
    • ४ मिनेट पाठ
  • अब पाँच लाख अग्रिम र मासिक ११ हजार तिरेर नयाँ घर पाइने !

    घर बनाउनेलाई सरकारले काठ, ढुङ्गा–बालुवा निःशुल्क दिनेः ७५ हजार अनुदान र ऋण पनि पाइने धरानः पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ‘समर लभ’ को मञ्चन हुने

    विराटनगर: सुविन भट्टराईद्वारा लिखित चर्चित उपन्यास ‘समर लभ’ मा आधारित नाटक भोलीबाट विराटनगरमा मञ्चन हुने भएको छ । पूर्वका दर्शकको अनुरोधपछि कान्तिपुर थिएटरले भोली...

    • १ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend