धरानः धरानमा प्रहरीले लागूऔषधसहित दुईनालाई पक्राउ गरेको छ ।
धरान–८ बरगाछीमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले टोलीले इटहरीबाट धरान आउँदै गरेको प्र.१–०२–०४४ नम्बरको स्कुटी चालकसहित दुईलनाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए ।
धरान–१२ चतरालाइनका २८ वर्षीय सुरेश क्षत्री र धरान–१९ का रुदिन भुजेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शंका लागेर खानतलासी तथा चेकजाँच गर्दा लागूऔषध ब्राउन सुगर ५.२८ ग्राम ब्राउन सुगर भेटिएको प्रहरीले जनाएको छ । यस्तै, प्रहरीले इटहरीमा लागूऔषधसहित ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इटहरी २ बस्ने ३७ वर्षीय सिद्धान्त श्रेष्ठ, २७ वर्षीय बिमल चौधरी २४ वर्षीय रोशन चौधरी, ३० वर्षीय अर्जुन चौधरी, २९ वर्षीय दीपकुमार चौधरी, तेह्रथुम घर भई इटहरी–२ बस्ने ३८ वर्षीय प्रकाश लिम्बू रहेका छन् ।
इटहरी उपमहानगरपालिका वडा नं. २ राजदेवी टोलमा लागूऔषध कारोबार भइरहेको छ भन्ने प्राप्त सूचानाको आधारमा सामुदायिक प्रहरी विट हवाइचोक सुनसरीबाट खटिएको प्रहरी टोलीले सिद्धान्त श्रेष्ठको घरकोठा खानतलासी तथा चेकजाँच गर्दा लागूऔषध फेला परेको हो ।
ब्राउन सुगर १.७१ ग्राम र को३१प १८५४ नम्बरको स्कुटी र नगद रू १६ हजार ४ सय ५५ रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।