Hamro Koshi Aawaj

आइतबार, असोज ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ओलीमाथि अपजश थोपरेर पार्टी बलियो हुँदैनः मञ्जु भण्डारी

हाम्रो कोशी आवाज
असोज ७ २०८३, बुधबार
ओलीमाथि अपजश थोपरेर पार्टी बलियो हुँदैनः मञ्जु भण्डारी

धरानः नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जु भण्डारीले पार्टीभित्रका कमजोरीको सम्पूर्ण अपजस अध्यक्ष केपी शर्मा ओलीमाथि थोपरेर पार्टी बलियो हुन नसक्ने बताएकी छन् । बुधबार केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टी नेतृत्व एकढिक्का भएमात्रै सबैखाले चुनौतीको सामना गर्नसकिने बताएकी हुन् ।
‘समुद्र मन्थन गर्दा अमृत निस्कँदा सबैले खान खोज्ने, तर विष आउँदा भागाभाग हुने अवस्था आउनु राम्रो होइन,’ नेतृ भण्डारीले भनिन् ।
पछिल्लो राजनीतिक घटनाक्रममा एमालेविरुद्ध विभिन्न भाष्य निर्माण गरिएको उनको दाबी छ ।
‘भदौ २३ र २४ गतेका घटनालाई केपी ओलीबिनाको एमाले र एमालेबिनाको देश बनाउने षड्यन्त्र तथा कम्युनिस्टबिनाको मुलुक बनाउने प्रयासका रूपमा बुझ्नुपर्छ,’ उनले भनिन् ।
फागुन २१ गतेको निर्वाचन त्यसअघिका राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ मात्रै रहेको उनले बताइन् ।

प्रकाशित मिति: असोज ७ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend