धरानः सुनसरीमा यात्रुबाहक बस दुर्घटनामा चालकसहित १२ जना घाइते बनेका छन् ।
कोशी गाउँपालिका–४ पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका हुन् ।
बिहीबार बिहान ७ः३० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–००१ ज १५६ नं. को यात्रुवाहक माइक्रोबस आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।
घाइतेः
१. जिल्ला सप्तरी कन्चनपुर न.पा.वडा नं.११ बस्ने अं. वर्ष ३२ को आर्यन पोखरेल (चालक)
२. ऐ.ऐ. बस्ने अं.वर्ष ७० को दनसलाल चौधरी
३. जिल्ला सप्तरी कन्चनपुर न.पा.वडा नं.०१ बस्ने वर्ष ४३ को गोबिन्द गुप्ता
४. ऐ.न.पा.वडा नं.१२ बस्ने अ.वर्ष ५१ को बलराम पौडेल
५. ऐ.न.पा.वडा नं.११ बस्ने अं.वर्ष २१ की माया भुजेल,
६. ऐ.ऐ.बस्ने बर्ष ६० को असरफि खङ
७. ऐ.ऐ.बस्ने अं. वर्ष ३० की सुनिता खङ
८. ऐ.वडा नं.०६ बस्ने अं.वर्ष ३० की पुजा चौधरी
९. ऐ.फतेपुर न.पा.०१ बस्ने अं.वर्ष ३६ की उर्मिला भुजेल
१०. ऐ.ऐ.वस्ने अ.वर्ष २१ की उशा भुजेल
११. जिल्ला सप्तरी कन्चनपुर न.पा.वडा नं.०१ बस्ने अं.वर्ष ४७ की राधा नेपाल
१२. ऐ.न.पा.वडा नं.०६ बस्ने अं.वर्ष ४० को देवाकान्त चौधरी रहेका छन् । दुर्घटनामा घाइते भएकाहरुको सप्तकोशी न्युरो अस्पतालमा उपचार भईरहेको छ भने घाइते मध्ये एक जना बलराम पौडेलको उपचार पश्चात बिहान ०९ः३० बजे डिस्चार्ज भइसकेको छ । दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ छ ।