Hamro Koshi Aawaj

आइतबार, असोज ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ताप्लेजुङमा २०७७ पछि दोस्रोपटक फेरि आगलागी, १७ घर परिवार विस्थापित

हाम्रो कोशी आवाज
असोज ८ २०८३, बिहिबार
ताप्लेजुङमा २०७७ पछि दोस्रोपटक फेरि आगलागी, १७ घर परिवार विस्थापित

धरानः ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजारमा बिहीबार दिउँसो भएको आगलागीबाट १० घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।
आठ जनाका १० घर जल्दा १७ परिवार विस्थापित भएका छन्। आगलागीबाट घरधनी ८ र पसल, होटल तथा डेरा गरी बस्ने ९ गरी १७ परिवार विस्थापित भएका हुन् ।
आगलागीबाट लाक्पाचुङ शेर्पा (डण्डु) र भीम लङ्वाका दुई/दुईवटा घर जलेका छन् । चन्द्रप्रसाद पौडेल, याम आङवुहाङ, घनश्याम खरेल, राजु शेर्पा र राजेन्द्र पौडेलका एकएक वटा घर जलेको छ ।
आगलागीमा परेकाले केही पनि सामान निकाल्न नपाएको बताएका छन् । विस्थापितको ब्यवस्थापनकालागि गाउँपालिका र संघसंस्थाको सहयोगमा तत्कालीन र दिर्घकालीन काम बढाइने जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले बताए । बजारमा २०७७ फागुन १८ गते पनि भीषण आगलागी हुँदा ४० वटा घर जलेर खरानी भएका थिए।
दोभान ताप्लेजुङको तेह्रथुम सिमानामा रहेको चल्तीको बजार हो । यही बजार हुँदै ७३.५ मेगावाट क्षमताको मध्य मेवा जलविद्युत आयोजना क्षेत्र समेत रहेको प्रदेश १ को चर्चित फुङफुङे (फङफङदेन) झरना पुगिन्छ । मदन भन्डारीको जन्मस्थान ढुङ्गेसाघु क्षेत्र जाने ताप्लेजुङको सडक ट्रान्जिट पनि दोभान बजार नै हो ।

 

 

प्रकाशित मिति: असोज ८ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend