Hamro Koshi Aawaj

आइतबार, असोज ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी ब्यारेजमा रातो बत्ती बालियो, झन्डा फहराइयो, २४ ढोका खुल्ला

हाम्रो कोशी आवाज
असोज ९ २०८३, शुक्रबार
कोशी ब्यारेजमा रातो बत्ती बालियो, झन्डा फहराइयो, २४ ढोका खुल्ला

धरानः पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको लगातार वर्षाका कारणले कोशी नदीमा बहावमा वृद्धि भएको छ ।
शुक्रबार बिहान ९ः१५ बजे गरिएको मापन अनुसार कोशी ब्यारेज भएर बग्ने पानीको बहाव १ लाख ९० हजार ६८० क्युसेक प्रतिसेकेन्ड रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सूचना अधिकारी होम ओलीले जानकारी दिए ।
पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका मूल ५२ वटा र नहरको ४ वटा गरेर कुल ५६ वटा ढोकामध्ये २४ वटा ढोका खुल्ला गरिएको उनले जानकारी दिए ।
पानीको बहावबढेसँगै कोशी ब्यारेजमा खतराको सङ्केत स्वरूप रातो बत्ती बालिएको छ भने रातो झण्डासमेत फहराइएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
नदीमा पानीको बहाव अझै बढ्न सक्ने अनुमानसहित जलस्तरको अवस्था निरन्तर अनुगमन भइरहेको कन्ट्रोल रुमले जनाएको छ ।
नदीको बहाव बढेसँगै कोशी आसपासका तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जानकारी दिए ।
नेपाल मौसम विज्ञान विभागद्वारा जारी विशेष मौसमी बुलेटिनअनुसार आगामी असोज ११ गते आइतबारसम्म कोशी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: असोज ९ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend