Hamro Koshi Aawaj

मंगलबार, असोज १३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१९ मा ब्राउन सुगरसहित समातिए

हाम्रो कोशी आवाज
असोज १३ २०८३, मंगलबार
धरान-१९ मा ब्राउन सुगरसहित समातिए

धरानः धरानका युवा खैरो हिरोइन (ब्राउन सुगर) सहित पक्राउ परेका छन् ।
धरान–१९ का ३० वर्षीय सुमन मार्गका मनिष योगीको घरकोठाबाट लागूऔषध भेटिएसँगै उनी पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए ।
सुमन मार्गमा लागूऔषध बिक्री वितरण भइरहेको सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय पिआइटी विराटनगर र इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले ५.२७ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असोज १३ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend