Hamro Koshi Aawaj

मंगलबार, असोज २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा १५ लाख बढीको खरबुजाका बियाँ बरामद

हाम्रो कोशी आवाज
असोज २० २०८३, मंगलबार
सुनसरीमा १५ लाख बढीको खरबुजाका बियाँ बरामद

धरानः प्रहरीले इलाका प्रहरी कार्यालय दुहवी, इलाका प्रहरी कार्यालय सीतागञ्ज र ट्राफिक प्रहरी पोष्ट दुहवी सुनसरीबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले खरबुजाका बियाँ बिऊ बरामद गरेको छ ।
अन्दाजी १५ लाख २० हजार बराबरका बिऊ बरामद गरेको प्रहरीले जनाएको छ । सुनसरी बर्जु गाउँपालिका वडा नं. २ केशलिया खोला स्थित विराटनगर देवानगञ्ज सडक खण्डमा सार्वजनिक सवारी साधन चेकजाँच गर्ने क्रममा अवैधरूपमा ल्याइएको ३८ बोरा १ हजार ५ सय २० किलोग्रामको नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खडकाले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय दुहवी सुनसरीमा ल्याई आवश्यक कारवाहीको लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाउने तयारी भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असोज २० २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend