धरानः धरानका तीनजना लागूऔषधसहित पक्राउ परेका छन् ।
धरान–१७ एन्फा एकेडेमी जाने बाटोमा उनीहरू समातिएका हुन् । पक्राउ पर्नेमा धरान–४ बस्ने २७ वर्षीय अर्जुन श्रेष्ठ, धरान–७ का ३६ वर्षीय दीपक मगर, धरान–१५ का बाबुराम बयलकोटी रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दए ।
उनीहरूमाथि शंका लागेर खानतलासी तथा चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध ट्रामोल ८०० क्याप्सुल, डिकोलिक ८०० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानमा ल्याई उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।