धरानः भेडेटारमा प्रहरीले स्कारपियो गाडीमा गाँजा भेटेर बरामद गरेको छ ।
धनकुटाको इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका–६ स्थित भित्री सडक खण्डमा दुर्घटना भएको बा१३च ६२७५ नम्बरको स्कारपियो गाडीमा बोरामा प्याक गरी राखेको अवस्थामा ३ सय ४१ किलोग्राम गाँजा बरामद गरेको छ भने संलग्न व्यक्तिको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । यस्तै, इलाका प्रहरी कार्यालय धरानले धरान उप–महानगरपालिका–१७ का राजन राई र इच्छा परियारलाई १७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।