Hamro Koshi Aawaj

शुक्रबार, असोज २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पत्रकार आचार्य गाउँपालिकाको अध्यक्षमा रास्वपाबाट चुनाव लड्ने

हाम्रो कोशी आवाज
असोज २३ २०८३, शुक्रबार
पत्रकार आचार्य गाउँपालिकाको अध्यक्षमा रास्वपाबाट चुनाव लड्ने

विराटनगरः पत्रकार अर्जुन आचार्य मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘क्यान्डिडेट क्लब’ मा आबद्ध भएका छन् ।
आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उनले केही महिनाअघि नै रास्वपाको उम्मेदवार छनोट प्रक्रियाअन्तर्गत रहने क्लबमा आवेदन दिएका हुन् । कानेपोखरी गाउँपालिका–४ भंसवारी स्थायी ठेगाना भएका आचार्य लामो समयदेखि पत्रकारितामा सक्रिय छन् । उनी हाल अनलाइन न्युज पोर्टल ‘रातोपाटी डटकम’ मा आर्थिक, संसदीय मामिला, खोजमूलक तथा समसामयिक राजनीतिक विषयमा रिपोर्टिङ गर्दै आएका छन् ।
पत्रकारितामार्फत सार्वजनिक चासोका विषय उठाउँदै आएका आचार्यले अब स्थानीय तहमै प्रत्यक्ष नीति निर्माण र विकासको नेतृत्व लिन राजनीतिमा पाइला चालेको बताए । उनले कानेपोखरीको समग्र विकासका लागि आफूसँग स्पष्ट खाका रहेको दाबी गरे ।
‘स्थानीय तहमा अझै पनि आधारभूत आवश्यकताको न्यायोचित वितरण हुन सकेको छैन,’ आचार्यले भने, ‘गाउँपालिकाको नेतृत्वमा पुगेर शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारको क्षेत्रमा योजनाबद्ध तथा नतिजामुखी काम गर्ने मेरो मुख्य उद्देश्य हो ।’
रास्वपाले योग्य उम्मेदवार छनोटका लागि देशैभरबाट पार्टीको ‘क्यान्डिडेट क्लब’ मार्फत आकांक्षीहरूको रोस्टर तयार गरिरहेको छ । सोही प्रक्रिया पूरा गरेर आचार्य चुनावी मैदानमा होमिने तयारीमा जुटेका हुन् ।

प्रकाशित मिति: असोज २३ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend