Hamro Koshi Aawaj

बुधबार, असोज २८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विद्यार्थीले देखाए पेट्रोल र ब्याट्री दुवैबाट कुदने मोटरसाइलकल

हाम्रो कोशी आवाज
असोज २८ २०८३, बुधबार
विद्यार्थीले देखाए पेट्रोल र ब्याट्री दुवैबाट कुदने मोटरसाइलकल

धरानः मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकका विद्यार्थीहरुले आफूले निर्माण गरेका विभिन्न प्राविधिक परियोजनाहरू प्रदर्शन गरेका छन् ।
पोलिटेक्निकको सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रिक एण्ड इलेक्ट्रिोनिक्स, मेकानिकल र आइटी इन्जिनियरिङको डिप्लोमा तहमा अध्ययनरत अन्तिम सेमेष्टरका विद्यार्थीहरूले बुधबार आफूहरुले निर्माण गरेका परियोजनाहरु प्रर्दशन गरेका हुन् ।
मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढास्थित पोलिटेक्निकमा भएको प्रर्दशनका क्रममा आइटी विभागका विद्यार्थीहरूले स्मार्ट लाइब्रेरी सिस्टम, होस्टल म्यानेजमेन्ट, अनलाइन सपिङ, डिजिटल भोटिङ, आर्मी एडमिनिष्टरी एपदेखी स्मार्टहोम अटोमेसन र स्मार्ट होम सेक्युरिटी प्रणालीसँग सम्बन्धित एप र पोर्टलहरु प्रदर्शन गरेका थिए । विद्यार्थीहरूले निर्माण गरेका सबै पोर्टल र एपहरू सहजरूपमा प्रयोगमा ल्याउन सकिने र कतिपय प्रयोगमा आउन थालिसकेको आइटी विभाग प्रमुख इन्जिनियर युवराज चौधरीले बताए ।
यसैगरी इलेक्ट्रिकलतर्फका विद्यार्थीहरूले अटो विद्युत हुकिङ कन्ट्रोल प्रणाली, माइक्रो हाइड्रो पावर, विद्युत ओभरलोड कन्ट्रोल सिस्टम, अण्डरग्राउण्ड केवल लोकेसन ट्रयाक सिस्टमलगायतका उपकरण प्रर्दशन गरे । यसैगरी इलेक्ट्रिक एण्ड इलेक्ट्रिोनिक्सका विद्यार्थीहरुले बाढी प्रकोपका बेला प्रयोग गरिने ओभर वाटर अलआर्म सिस्टिम, मोबाइलमा प्रयोग गर्न सकिने अटो स्मार्ट साइन ट्रान्सलेटर र पोखरीमा जमेको पानीको फोहोर सफा गर्ने रिमोट कन्ट्रोल वेस्ट कलेक्टर अनि शहरी क्षेत्रमा प्रयोग गर्न सकिने इलेक्ट्रिक अटो ट्राफिक कन्ट्रोल सिस्टमलगायतका उपकरणहरू प्रदर्शन गरे ।
मेकानिकल इन्जिनियरिङ तर्फका विद्यार्थीहरूले चाहिँ दुर्घटना कम हुने अटो रिक्सा, पेट्रोल र ब्याट्री दुवैबाट कुदने मोटरसाइलकल अनि इन्धनविनै प्रयोग गर्न सकिने धान काट्ने मेसिन र घाँस काटने इलेक्ट्रिक मेसिन प्रर्दशन गरे ।
सिभिलतर्फका विद्यार्थीहरूले विश्वविद्यालयको प्रशासिनक भवन, परीक्षा भवन, होस्टल भवन आदिको डिजाइन निर्माण गरेका थिए । विद्यार्थीहरूले निर्माण गरेका प्राविधिक परियोजनाको विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेल, रजिष्टार डा किशोर अधिकारी, संरक्षण समिति सदस्यहरु सत्यनारायाण चौधरी, राजन केसी, बलभद्र थारुसहित बुढीगंगा गाउँपालिका अध्यक्ष जीतनारायण थापा, उपाध्यक्ष अमृताकुमारी गच्छदार, उद्योगी सोमप्रसाद अधिकारी, पोलिटेक्निकका प्राचार्य इन्जिनियर सुदीप अधिकारीलगायतले अवलोकन गरेका थिए ।
अवलोकनका क्रममा पालिका अध्यक्ष थापाले उत्कृष्ट परियोजनालाई परिष्कृत गर्न पालिकाले सहयोग गर्न बताए । उद्योगी सोमप्रसाद अधिकारीले विद्यार्थीले निर्माण गरेका परियोजनाहरू लगानीकर्ता खोजी गरेर परिस्कृत गरि बजारमा लानसके प्रभावकारी हुने सुझाव दिए । संरक्षण समिति सदस्य राजन केसीले विद्यार्थीहरूले लामो अध्ययन गरेर निर्माण गरेका परियोजनाहरुलाई बन्द कोठामा नराखी बजारीकरण गर्नसकेमा विद्यार्थीसँगै शिक्षालयको पनि नाम बढने बताए ।
उपकुलपति डा सुवासश्रीले चाँडै विश्वविद्यालयले प्रदेश सरकारसँग सहकार्य गरेर विद्यार्थीहरुले निर्माण गरेका स्टार्टअप परियोजनाहरुको बृहत्त प्रर्दशनी आयोजना गराउन लागेको जानकारी गराए । मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकमा इन्निनियरिङ विषय अध्ययन गर्ने विद्यार्थीहरुले हरेक वर्ष आफूहरूले निर्माण गरेका विभिन्न परियोजनाहरु प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित मिति: असोज २८ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend