Hamro Koshi Aawaj

बिहिबार, असोज २९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा यात्रुबाहक बसमा आउँदै थिए, भोटेपुलमा आइपुगेपछि समातिए

हाम्रो कोशी आवाज
असोज २९ २०८३, बिहिबार
धरानमा यात्रुबाहक बसमा आउँदै थिए, भोटेपुलमा आइपुगेपछि समातिए

धरानः धरानमा सार्वजनिक बसमा सवार एकजना यात्रु खैरो हिरोइन (ब्राउन सुगर) लागूऔषधसहित पक्राउ परेका छन् ।
बिहीबार बिहान ११ः२० बजे धरान उपमहानगरपालिका–८ भोटेपुलस्थित प्रहरीले चेकजाँच गर्ने क्रममा बराहक्षेत्र नगरपालिका–२ निवासी ५१ वर्षीय मिलन बस्नेत पक्राउ परेको इलाका प्रहरीक कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए ।
इटहरीबाट धरानतर्फ आउँदै गरेको सार्वजनिक बसमा सवार बस्नेतमाथि शंका लागेपछि खानतलासी गर्दा उनको साथबाट ३ ग्राम २२० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त पदार्थसहित बस्नेतलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: असोज २९ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend