Hamro Koshi Aawaj

बिहिबार, असोज २९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका दिदीबहिनीले प्याडभित्र लुकाएर लगे लागूऔषध

हाम्रो कोशी आवाज
असोज २९ २०८३, बिहिबार
धरानका दिदीबहिनीले प्याडभित्र लुकाएर लगे लागूऔषध

धरानः मोरङको विराटनगरस्थित कारागारमा भेटघाटका लागि आएका दुई महिलाबाट ४८० थान लागूऔषध बरामद भएको छ । बुधबार विराटनगर महानगरपालिका–८ हाटखोलास्थित कारागार कार्यालयको मुख्य प्रवेशद्वारमा नियमित जाँच गर्ने क्रममा उनीहरूबाट लागूऔषध बरामद भएको हो ।
धरान उपमहानगरपालिका–११ बस्ने मेलिना तामाङ र पूर्णिमा तामाङले भित्री बस्त्रमा प्रयोग हुने प्याडभित्र लुकाएर ल्याएको अवस्थामा हरियो रङका २४० थान र सुन्तला रङका २४० थान ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीका अनुसार उनीहरू दुवै दिदीबहिनी हुन् । ‘नियमित चेकजाँच गर्दा शंकास्पद देखिएपछि जाँच हुँदा लागूऔषध भेटियो,’ उनले भने, ‘ट्याब्लेट र  क्याप्सुललाई लगाएको प्याडमा लुकाएर भित्र लैजान खोजेको देखियो ।’
बरामद लागूऔषधसहित दुवै महिलालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि दिउँसो १२ः ५० बजे कारागारमा खटिएको नेपाल प्रहरीको टोलीलाई बुझाइएको छ ।
बरामद ट्याब्लेट कुन प्रकारको लागूऔषध हो भन्नेबारे भने विवरण खुलाइएको छैन ।

प्रकाशित मिति: असोज २९ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend