Hamro Koshi Aawaj

बिहिबार, असोज २९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा दुर्घटना, दीपेन्द्रराज राईको मृत्यु

हाम्रो कोशी आवाज
असोज २९ २०८३, बिहिबार
धरानमा दुर्घटना, दीपेन्द्रराज राईको मृत्यु

धरानः धरानमा दुर्घटना भएको छ । दुर्घटनामा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक धनकुटा–९ बेलहरा बस्ने ३६ वर्षीय दीपेन्द्रराज राई रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए ।
धरान उपमहानगरपालिका वडा नं. ८ भोटेपुलस्थित कोशी लोकमार्गमा धरानबाट इटहरीतर्फ हिँडेको प्र १–०२–०५९ प ३०९३ नम्बरको मोटरसाइकललाई सोहि दिशाबाट आउँदै गरेको प्र १–०२–००२ ख ०९५९ नम्बरको ट्रकले ठक्कर दिई दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक बविन राईको कमाण्डमा ७ जनाको टोली खटेर ट्रक चालक भोजपुर बोया षडानन्द नपा १३ बोया बस्ने ३५ वर्षीय नानीकाजी श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असोज २९ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend