Hamro Koshi Aawaj

बिहिबार, असोज २९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानलगायत सुनसरीभर खसीको मासुको मूल्य जथाभावी लिन थालेपछि भाउ तोकियो

हाम्रो कोशी आवाज
असोज २९ २०८३, बिहिबार
धरानलगायत सुनसरीभर खसीको मासुको मूल्य जथाभावी लिन थालेपछि भाउ तोकियो

धरानः धरानलगायत सुनसरीभर खसी-बोकाको मासुुको मूल्य तोकिएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले खसी-बोकाको मासुको खुद्रा मूल्य प्रतिकेजी अधिकतम १ हजार १०० रुपैयाँ तोकेको छ। खसी-बोकाको मासुको मूल्य अचानक बढेको भन्दै उपभोक्ताबाट उजुरी तथा गुनासो आएपछि प्रशासनले यस्तो व्यवस्था गरेको हो।
कार्यालयले असोज २९ गते सूचना जारी गर्दै जिल्लाभर खसी–बोकाको मासु प्रतिकेजी १ हजार १०० रुपैयाँभन्दा बढी मूल्यमा बिक्री नगर्न व्यवसायीलाई अनुरोध गरेको छ । प्रशासनका अनुसार यसअघि पनि खसी–बोकाको मासुको मूल्य प्रतिकेजी १ हजार १०० रुपैयाँ कायम गरिएको थियो ।
केही मासु विक्रेताले सोही मूल्यमा बिक्री गर्ने प्रतिबद्धता व्यक्त गरे पनि मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने अवस्था देखिएपछि प्रशासनले पुनः सूचना जारी गरेको हो । कार्यालयले तोकिएको मूल्यभन्दा बढीमा मासु बिक्री गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ । उपभोक्तालाई राहत दिन र मासुको मूल्यमा हुने अस्वाभाविक वृद्धि नियन्त्रण गर्न यो व्यवस्था लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: असोज २९ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend