Hamro Koshi Aawaj

बिहिबार, असोज २९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी प्रदेशबाट १८ विद्यालय छानिए

हाम्रो कोशी आवाज
असोज २९ २०८३, बिहिबार
कोशी प्रदेशबाट १८ विद्यालय छानिए

धरानः दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर कार्यान्वयनमा ल्याइएको बेला सो योजनाका लागि कोशी प्रदेशका १८ वटा विद्यालय छनोटमा परेका छन् ।
शिक्षा तथा खेलकुद मन्त्रालयले सञ्चालनमा ल्याएको यस योजनाका लागि कुल ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । उपलब्ध विवरणअनुसार पहिलो चरणमा ८९ वटा विद्यालय पहिचान गरी ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ । यस कार्यक्रमले विद्यार्थीको बढ्दो चापअनुसार विद्यालयका भौतिक संरचना विस्तार तथा शैक्षिक वातावरण सुधार गर्ने अपेक्षा गरिएको छ ।
धरान उपमहानगरपालिकाको पब्लिक हाइस्कुल छनोटसहित सुनसरीका दुई विद्यालय छनौटमा परेका छन । बराहक्षेत्र नगरपालिकास्थित जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय र पब्लिक छनौटमा परेका हुन् । विद्यालयमा पूर्वाधार विस्तार तथा संरचना सुदृढीकरणका लागि प्राथमिकता दिनुपर्नेछ ।
कोशी प्रदेशबाट छनोटमा परेका १८ विद्यालयमध्ये झापा र मोरङका ६–६ वटा विद्यालय छन् ।
उदयपुरः त्रियुगा नमुना माध्यमिक विद्यालय, त्रिवेणी माध्यमिक विद्यालय
झापाः धुलाबारी माध्यमिक विद्यालय, हिमालय माध्यमिक विद्यालय, देवी माध्यमिक विद्यालय, महेन्द्र रत्न माध्यमिक विद्यालय, कन्काई माध्यमिक विद्यालय, मोहनमाया माध्यमिक विद्यालय
ताप्लेजुङः भानु माध्यमिक विद्यालय
पाँचथरः फिदिम माध्यमिक विद्यालय
मोरङः साजीलाल माध्यमिक विद्यालय, राधिका माध्यमिक विद्यालय, पञ्चायत माध्यमिक विद्यालय, सुकुना माध्यमिक विद्यालय, पोखरिया माध्यमिक विद्यालय, आदर्श माध्यमिक विद्यालय
सुनसरीः जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय, पब्लिक हाइस्कुल
दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयमा विद्यार्थी संख्याअनुसार पर्याप्त कक्षाकोठा, व्यवस्थित भवन तथा अन्य आवश्यक पूर्वाधारको व्यवस्था गर्नु चुनौतीपूर्ण बन्दै गएको छ । यस्तो अवस्थामा विद्यालयको भौतिक संरचना विस्तारका लागि बजेट विनियोजन र विद्यालय छनोट हुनुले सामुदायिक शिक्षाको गुणस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कोशी प्रदेशका १८ विद्यालयमा पनि योजना प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेमा विद्यार्थीको चाप व्यवस्थापन, विद्यालयको भौतिक अवस्था सुधार र सामुदायिक शिक्षाप्रतिको आकर्षण बढाउन योगदान पुग्न सक्छ ।

प्रकाशित मिति: असोज २९ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend