विराटनगरः चलचित्र चंगुलको टाइटल झाँक्री गीत सार्वजनिक गरिएको छ । झाँक्री ढ्याङ्ग्रोसहितको रयाप गीत एक उत्कृष्ट बनेको छ । हाम्रो यो सुन्दर देशलाइ मानिसहरू सतीले सरापेको देश भन्छन् तर यो देशलाइ सतिले सरापेको नभई भ्रष्ट शासकको आँखा चाहिँ लागेको हो, त्यही भ्रष्टहरूको नजरलाई झाँक्री बनेर मन्छाइरहेको दृष्य यस गीतमा देखाउन खोजिएको छ ।
विक्रम कार्कीको संगीत तथा ओनेगेटिभ राजु एरी र सन्देश पौडेलको आवाज रहेको यस गीतलाइ स्वयं गायक एरी र नायक रवि कार्कीले लेखेका हुन् भने कोरियोग्राफी नायक रवि कार्की स्वयंले गरेका छन् । चलचित्र असोज १६ गतेबाट प्रर्दशनमा आउँदैछ । मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार भएको चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल, रोहित ढुंगानालगायतका कलाकारको अभिनय छ । चलचित्रमा बालकलाकार रिम्शा कार्कीको समेत अभिनय छ ।
चलचित्रका गीतमा विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको संगीत छ । त्यस्तै, देव महर्जनले द्वन्द्व निर्देशन छ भने छायाङ्कन तथा सम्पादन दीपेन बस्न्यातको रहेको छ । चलचित्रको नाफाको केही हिस्सा घाइते जेनजी नेपाललाई दिने तथा बाढीपीडित सहयोगार्थ पनि छुट्याउने भनेर चलचित्र चंगुल टिमले जानकारी दिएको छ ।