Hamro Koshi Aawaj

आइतबार, मंसिर ६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको भानुचोकमा रोक्दै नरोकी भागेको स्कारपियो गाडीमा भेटियो १६ बोरा गाँजा, प्रहरीले समायो

हाम्रो कोशी आवाज
मंसिर ६ २०८३, आइतबार
धरानको भानुचोकमा रोक्दै नरोकी भागेको स्कारपियो गाडीमा भेटियो १६ बोरा गाँजा, प्रहरीले समायो

धरानः धरानको भानुचोकबाट प्रहरीले गाँजासहित भारतीय स्कारपियो गाडीसहित पक्राउ गरेको छ ।
भेडेटारबाट धरानतर्फ आउँदै गरेको बिआर ११ ३०३९ नम्बरको स्कारपियो गाडीलाई शंका लागेर रोक्न खोज्दा नरोकी गाडी हुइँक्याएपछि प्रहरीले धरान–८ सेउती खोलाको पुलमा पुगेर चालकसहित १६ बोरा गाँजा बरामद गरेको जनाएको छ ।
५ गते अन्दाजी २३ः३० बजेको समयमा धरान– २ भानुचौकमा वडा प्रहरी कार्यालय धरानबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रविनकुमार भट्टराईको कमाण्डमा खटिएको प्रहरी टोलीले भेडेटारबाट धरान आउँदै गरेको सो स्कारपियोलाई तत्कालै रोक्न खोजेको थियो ।
नरोकी भागेपछि निरीक्षक भट्टराई र अस्थायी प्रहरी चौकी तीनकुने धरानबाट प्रहरी सहायक निरीक्षक वीरबहादुर भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले धरानको सेउती पुलबाट पक्राउ गरी चेकजाँच गर्दा गाडीमा १६ बोरा (नापतौला गर्दा ४९९ के.जी.) लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
गाडी चालक मोरङ विराटनगर महानगरपालिका–१३ झमेली चौक बस्ने ३२ वर्षीय अजयकुमार साह पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए ।

प्रकाशित मिति: मंसिर ६ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको बीपी प्रतिष्ठानमा वैज्ञानिक कार्यक्रम

    धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको वार्षिक वैज्ञानिक कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानमा कार्यरत शिक्षक, चिकित्सक तथा अध्ययनरत् विद्यार्थीहरूले गरेका विभिन्न प्रकारका अनुसन्धान...

    • २ दिन अगाडी
    • ४ मिनेट पाठ
  • धरानमा डेराकोठाबाटै खैरो हिरोइनसहित पाँचजना समातिए

    धरानः धरानमा ५ जना युवा लागूऔषधसहित पक्राउ परेका छन् । धरान उपमहानगरपालिका वडा नं. १४ हात्तीसारपथबाट प्रहरीले ५ जनालाई समाएको हो । कोशी प्रदेश प्रहरी कार्यालय...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • धरानमा सार्वजनिक बिदा

    धरानः प्रत्येक वर्ष सुनसरीको बराहक्षेत्र धाममा लाग्ने धार्मिक हरिबोधिनी एकादशी मेला अर्थात् कार्तिके मेला (बारहक्षेत्र मेला) का अवसरमा धरान उपमहानगरपालिकाले एकदिन सार्वजनिक विदा दिएको...

    • २ दिन अगाडी
    • २ मिनेट पाठ
  • धरानमा अन्तर्राष्ट्रिय महिला फुटबलः पत्रकारलाई तस्वीर खिच्न रोक

    धरानः धरानमा जारी प्रथम ‘धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिता २०८३’ अन्तर्गत भइरहेको खेलकुदका गतिविधिको बुधबारदेखि तस्वीर खिच्न रोक लगाइएको छ । खेल भइरहेको...

    • ४ दिन अगाडी
    • २ मिनेट पाठ
  • धरानमा अन्तर्राष्ट्रिय महिला फुटबलः सशस्त्र प्रहरी फाइनलमा

    धरानः विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) क्लब फाइनलमा प्रवेश गरेको छ । धरानमा जारी प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिता २०८३ अन्तर्गत...

    • ४ दिन अगाडी
    • २ मिनेट पाठ
  • धरानको बराहका अध्यक्षसँगै कर्मचारी पनि समातिइन्

    धरानः धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्था तथा बराह ग्रुपका अध्यक्ष शिवकुमार लामिछाने (शिवकुमार विश्वकर्मा) पक्राउ परेसँगै कर्मचारी पनि पक्राउ परेकी छिन् । धरान–१५...

    • ४ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend