Hamro Koshi Aawaj

आइतबार, असोज ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘अर्किट कलेजको बोल्नेकला प्रतियोगितामा मोबाइलदेखि जलवायु न्याय’ युनिषा राई प्रथम, उत्कृष्ट १० विद्यार्थी छनौट

हाम्रो कोशी आवाज
असोज ८ २०८३, बिहिबार
‘अर्किट कलेजको बोल्नेकला प्रतियोगितामा मोबाइलदेखि जलवायु न्याय’ युनिषा राई प्रथम, उत्कृष्ट १० विद्यार्थी छनौट

विराटनगरः विराटनगर–१० स्थित अर्किट प्लस टुले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा कक्षा १२ की छात्रा युनिसा राई प्रथम भएकी छन् । २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै युनिसाले पहिलो स्थान हासिल गरेकी हुन् ।
प्रतियोगितामा शिवकुमार साह द्वितीय र सतेन्द्र साह तृतीय भएका छन् । विद्यार्थीको वक्तृत्व क्षमता, तर्कशक्ति र विषयवस्तुमाथिको पकड परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो ।
प्रतियोगिताका लागि ‘कक्षा कोठादेखि मोबाइलको पर्दासम्मः बदलिँदो विद्यार्थी जीवन’ र ‘जलवायु न्यायः जिम्मेवारी कसको ? असर कसलाई ?’ गरी दुई विषय छनोट गरिएको थियो । सहभागी विद्यार्थीले आफूलाई रुचि लागेको विषय छनोट गरी त्यसमा आफ्ना धारणा र तर्क प्रस्तुत गरेका थिए ।
कवि तथा पत्रकार मीनकुमार नवोदितको प्रमुख निर्णायकत्वमा शिक्षक राजन दत्त र सन्तोष अधिकारी सदस्य रहेको निर्णायक समितिले विजेताको टुंगो लगाएको हो । सम्बोधन, विषयवस्तुको ज्ञान, प्रस्तुति, तर्क, विचारको क्रमबद्धता, भाषिक शुद्धता तथा शब्द चयन, मौलिकता र समय व्यवस्थापनलाई मूल्यांकनको आधार बनाइएको प्रमुख निर्णायक नवोदितले बताए ।
प्रतियोगिताबाट उत्कृष्ट सात विद्यार्थी पनि छनोट भएका छन् । उत्कृष्ट सातमा अनुस दाहाल, दीपक दास, भेनस पोखरेल, त्रिक्षा महासेठ, उदय सोनार, सिर्जना मण्डल र गरिमा दास परेका छन् ।
प्रथम, द्वितीय र तृतीयसहित उत्कृष्ट सातमा छनोट भएका विद्यार्थीबीच अर्को चरणको प्रतियोगिता आयोजना गरिने भएको छ । उक्त प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई कलेजका तर्फबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने प्लस टुका प्रिन्सिपल मनिष भट्टराईले बताए ।
विद्यार्थीभित्र लुकेर रहेका प्रतिभा पहिचान गरी त्यसलाई प्रस्फुटन गराउने उद्देश्यले अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिइएको भट्टराईले बताए । उनका अनुसार अर्किटले कविता, वक्तृत्वकला, वादविवाद, चित्रकला, हाजिरीजवाफ तथा खेलकुदलगायतका गतिविधिलाई नियमित रूपमा अघि बढाउँदै आएको छ । कार्यक्रमको सहजीकरण शिक्षक मनोज तिवारीले गरेका थिए ।

प्रकाशित मिति: असोज ८ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend