धरानः ताप्लेजुङको मेरिङदेन गाउँपालिक–३ दोभानमा भीषण आगलागी भएको छ । आगलागीबाट करिब १० घर जलेका छन् । उक्त ठाउँमा करिब ५० घरहरु रहेका छन् । आगलागी नियन्त्रणका लागि सुरक्षाकर्मीको टोली परिचालन भएको छ ।
करिब ५० घर धुरीसहितको बाक्लो लागेकाे आगलागीकाे कारण खुल्न नसकेकाे सशस्त्रका सह प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले बताए। डङ्डु शेर्पाको ढुङ्गा, माटो र टिनको छाना भएको दुईतले घरमा सञ्चालित कपडा पसल तथा होटलबाट सुरु भएको आगो आसपासका घरमा समेत फैलिएको थियो । आगलागीबाट ९ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने १ वटा घरमा आंशिक क्षति पुगेको छ । फुङलिङ नगरपालिकाका दुई वटा दमकल, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरी आगो नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहाल ले जानकारी दिए ।
सशस्त्र प्रहरी बल नेपाल नं. १ कंचनजंघा गुल्मबाट सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्रका सहप्रवक्ता थापाले बताए । उक्त ठाउँमा करिब ५० घर धुरी रहेका छन् ।
