Hamro Koshi Aawaj

आइतबार, असोज ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पूर्वी नेपालमा मौसम खुल्यो, बाहिरियो मौसम, चहलपहल शुरु

हाम्रो कोशी आवाज
असोज ११ २०८३, आइतबार
पूर्वी नेपालमा मौसम खुल्यो, बाहिरियो मौसम, चहलपहल शुरु

धरान–५ स्थित ठिङ्गारीबाट देखिएको सेउती, अँधेरी र सेहरा खोलाका सुन्दर दृश्यसँगै देउराली, खैरेनी तथा धरान–६ पानबारी क्षेत्रका दृश्य । तस्वीरः रिन याक्थुङबा

धरानः बुधबारदेखि लगातार वर्षा भएको कोशी प्रदेशका विभिन्न जिल्लामा वर्षा कम भएको छ ।
वर्षा कम भएसँगै मानिसहरू घरबाहिर निस्कन थालेका छन् । बजारमा चहलपहल र गतिविधि बढ्न थालेको छ । सडकमा सवारी साधन चाहिनेजति गुड्न थालेका छन् ।
बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली कमजोर हुँदै गएको छ । कोशी, मधेश र बागमती प्रदेशका जिल्लामा जोखिम नरहेको मौसमविदले जनाएका छन् ।
बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली कमजोर हुँदै गएको छ । कोशी, मधेश र बागमती प्रदेशका जिल्लामा जोखिम नरहेको मौसमविदले जनाएका छन् ।
गएरातिदेखि पूर्वतिरका जिल्लामा भइरहेको वर्षा पनि आजबाट रोकिने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनचापीय प्रणाली क्रमश: कमजोर बन्दै कोशी प्रदेशबाट बाहिरिइसकेको छ । मधेश र बागमतीमा रहेको हल्का प्रभाव पनि आजबाट हट्ने सम्भावना छ । आज अपराह्नदेखि कोशी, मधेशका साथै काठमाडौं उपत्यकासहित बाग्मतीमा उल्लेख्य सुधार देखिने सम्भावना छ ।
तर गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशतिर पनि आज पनि वर्षा जारी रहने सम्भावना छ । यद्यपि अघिल्ला दिनको तुलनामा भने वर्षाको क्षेत्र र मात्रा कम हुने छ । पछिल्लो तीन घण्टायता वर्षा धेरै हदसम्म कम भएको छ ।
महाशाखाका अनुसार गत २४ घण्टामा भने बागमती, गण्डकी, लुम्बिनी, कर्णालीका जिल्लाहरुमा भारीदेखि अति भारी वर्षा भएको छ । सबैभन्दा धेरै चितवनको कल्याणपुरमा २२२.४ मिलिमिटर वर्षा मापन भएको छ ।
मौसमविद उज्ज्वल उपाध्यायका अनुसार भोलिदेखि चितवनको नारायणी नदीदेखि पश्चिमको भूभाग अर्थात् गण्डकी, लुम्बिनी, कर्णाली र सूदूरपश्चिममा भने पूर्णरुपमा मौसम खुल्न सोमबार पर्खनुपर्ने छ ।
त्यसपछि यो हप्ताभर ठूलो वर्षाको सम्भावना नरहेको उनले उल्लेख गरेका छन् । यद्यपि मनसुनी प्रणाली भने देशैभरी अझै कायम रहेकाले हल्कादेखि वर्षाको सम्भावना भने कायम रहने सम्भावना छ ।

प्रकाशित मिति: असोज ११ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend