धरानः धरानमा नेवार एकता समाज केन्द्रीय समितिको पाँचौं केन्द्रीय अधिवेशन सम्पन्न भएको छ ।
असोज ९ र १० गते सम्पन्न अधिवेशनबाट सुरेन्द्रमान स्थापितको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । सो कार्यक्रममा निर्वाचन प्रक्रियाबाट १० जना निर्वाचित तथा १० जना मनोनित गरी नयाँ कार्यसमितिको चयन गरिएको महासचिव दीपेन्द्र श्रेष्ठ कसजुले जानकारी दिए ।
समितिको उपाध्यक्षहरूमा हिमाल श्रेष्ठ, विष्णुकुमारी श्रेष्ठ (सुन्दरी), सुमन श्रेष्ठ चयन भएका छन् । यस्तै, महासचिवमा दीपेन्द्र श्रेष्ठ कसजु, सचिवमा राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा दीभा श्रेष्ठ, वरिष्ठ सदस्य हरिकृष्ण श्रेष्ठ, मोहन श्रेष्ठ छानिएका छन् ।
सदस्यहरू पुष्पा प्रधान, सुजाता श्रेष्ठ, सोहन ताम्राकार, प्रदीप श्रेष्ठ, दिनेश श्रेष्ठ, अतुल श्रेष्ठ, देवप्रसाद श्रेष्ठ, मोहन श्रेष्ठ, सुवर्णमोहन पलिखे, उमेश श्रेष्ठ, अर्पण शाक्य चयन भए । महिला समिति संयोजकमा मन्जुला श्रेष्ठ र साँस्कृतिक समिति संयोजकमा लीलाबहादुर प्रधान चयन भएका छन् ।
महेश श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोशी प्रदेश सभासद यशोदा कायस्थ प्रमुख अतिथि थिइन् । कार्यक्रममा समाजसेवी सरला कायस्थ र नेवार देय दबु केन्द्रीय समितिका उपाध्यक्ष नरेशकुमार शाक्यलगायतको उपस्थिति थियो । कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो । मृत्युपरान्त सम्मान स्वर्गीय सुब्बा रत्नप्रसाद श्रेष्ठ, शिक्षाविद समाजसेवी गोकुलप्रसाद श्रेष्ठ, व्यवसायी समाजसेवी डम्मरकुमारी श्रेष्ठ (पूर्ण मास्के), अभिभावक समाजसेवी नीलकुमारी स्थापितलाई गरिएको थियो ।

