धरानः धरानको गैरी गाउँबाट लागूऔषधसहित एक युवा पक्राउ परेका छन् ।
धरान–१९ गैरीगाउँमा लागूऔषधको बिक्री वितरण भइरहेको सूचनाको आधारमा अस्थायी प्रहरी चौकी तीनकुनेबाट खटिएको प्रहरीले टोलीले धरान–१९ का २३ वर्षीय पुजन श्रेष्ठलाई लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित पक्राउ गरेको प्रहरीले जनँएको छ ।
उनको घर कोठामा खानतलासी तथा चेकजाँच गर्दा लागूऔषध ब्राउन सुगर १.१३ ग्रँम फेला परेको र उनलाई इलाका प्रहरी कार्यालय धरान ल्याई थप अनुसन्धान थालिएको डिएसपी भीषणबाबु राईले जानकारी दिए ।
प्रहरीले एकजनाको मलद्वारबाट लागूऔषध ब्राउन सुगर समेत निकालेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी–१ का तोरण माझीको मलद्वारबाट लागूऔषध ब्राउन सुगर निकालेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी डिएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । उनको मलद्वारबाट ५.४९ ग्राम ब्राउन सुगर निकालिएको प्रहरीले जनाएको छ ।
इनरुवा बसचोकमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवा सुनसरीबाट खटेको प्रहरीले टोलीले पैदल आइरहेका इटहरी–१ का २७ वर्षीय सुरज माझी, २० वर्षीय तोरण र ३० वर्षीय तोरणलाई शंका लागि खानतलासी गर्दा ब्राउन सुगर फेला पारेको प्रहरीले जनाएको छ ।