धरानः सुनसरीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका वडा नं. ४ पुलचोकमा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी चन्द्रबहादुर खड्काका अनुसार मृत्यु हुनेमा सप्त।री तिरहुत गाउँपालिका ३ बस्ने अन्दाजी ३६ वर्षीय रोशन ठाकुर रहेका छन् । घाइते बनेका उनको इटहरीस्थित बेदान्त हस्पिटलचा उपचारपश्चात थप उपचारका लागि विराटगरस्थित विराट मेडिकल कलेजमा लगिएको र उनको उपचारका क्रमममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसको ठक्करले चालकको मृत्यु
झापाको बाह्रदशी गाउँपालिका १ भागडुब्बास्थित सडकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडि सवार एकजना घाइते भएका छन् ।
सोमबार १०:४५ बजे भागडुब्बाबाट राजगढतर्फ आउँदै गरेको प्र.१–०१–००१ ख ३५२४ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको प्र.१–०१–०१४ प ११९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक बाह्रदशी गाउँपालिका-४ बस्ने १८ वर्षीय करण राजवंशी र पछाडि सवार सोही स्थानका १९ वर्षीय अजय राजवंशी घाइते भएका थिए । दुवैजनालाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएकोमा मोटरसाइकल चालक करण राजवंशीलाई १२:१० बजे चिकित्सकले मृत घोषणा गरेका छन् । पछाडि सवार अजय राजवंशीको अवस्था मध्यम रहेको छ ।
दुर्घटनामा संलग्न मोटरसाइकल, बस तथा बस चालक बाह्रदशी गाउँपालिका-१ सालघारी बस्ने करिब ४१ वर्षीय धनबहादुर खड्कालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।