Hamro Koshi Aawaj

मंगलबार, असोज १३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बुलेट मोटरसाइकल मासु पसलको वालमा ठोक्किँदा एकजनाको मृत्यु

हाम्रो कोशी आवाज
असोज १३ २०८३, मंगलबार
धरानमा बुलेट मोटरसाइकल मासु पसलको वालमा ठोक्किँदा एकजनाको मृत्यु

धरानः धरानमा मासु पसलको वालमा बुलेट मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एकजना पुरुषको मृत्यु भएको छ ।
मंगलबार राति १ बजे धरान–१५ मा मोटरसाइकल दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए । चालक तत्काल नामथर, वतन खुल्न नसकेको प्रहरीले जनाएको छ ।
धरान–१५ आरालाइनस्थित भित्री सडक खण्डमा श्यामचोकदेखि पुरानो बसपार्कतर्फ जाँदै गरेको को३५प ४११५ नम्बरको बुलेट मोटरसाइकल धरान–१५ कै दिव्या लिम्बूको मासु पसलको वालमा ठोक्किएर दुर्घटना भएको अस्थायी प्रहरी चौकी श्यामचोकका प्रहरी हवल्दार प्रेम थेबेले जानकारी दिए ।
गम्भीर घाइते भई बेहोस अवस्थामा रहेका चालकको प्रहरीले तत्कालै उपचारका लागि धरानस्थित बीपी प्रतिष्ठानमा पुरयाइएको उनले जानकारी दिए । उपचारका क्रममा चिकित्सकले राति १ः३० बजे मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।
तीब्र गति र चालकले अचानक ब्रेक लगाउँदा ब्रेकमा समस्या आई दुर्घटना हुन पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरान, सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: असोज १३ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend