Hamro Koshi Aawaj

मंगलबार, असोज १३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा कांग्रेसको निर्वाचन, तिलक राई बने क्षेत्रीय सभापति

हाम्रो कोशी आवाज
असोज १३ २०८३, मंगलबार
धरानमा कांग्रेसको निर्वाचन, तिलक राई बने क्षेत्रीय सभापति

धरानः धरानमा नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–१ को निर्वाचन सम्पन्न भएको छ ।
निर्वाचनले सुनसरी क्षेत्र नम्बर–१ को क्षेत्रीय सभापतिमा धरानका पूर्वमेयर तिलक राई निर्वाचित भएका छन् । धरान सभागृहमा भएको मतदानमा राईले प्रतिद्वन्द्वी विनोद आले मगरलाई ५५१ मतले पराजित गर्दै विजयी बनेका हुन् । ७८० मत खस्दा मगरले ११२ मत मात्रै ल्याए ।
यसअघि क्षेत्रीय सभापतिको लागि सचित शर्मासहित तीनजनाको उम्मेदवारी परेको थियो । पछि शर्माले उम्मेदवारी फिर्ता लिएका थिए । मगरसँग छलफलबाटै टुङग्याउने र सर्वसम्मतिको पहल भएपनि सम्भव नभएपछि निर्वाचनको माहौल बनेको थियो ।
२७ वडा रहेको सुनसरी क्षेत्र नम्बर–१ मा धरान उपमहानगरपालिकाका २०, बराहक्षेत्र नगरपालिकाका ५ र रामधुनी नगरपालिकाका २ वडाका कांग्रेस क्षेत्रीय प्रतिनिधिहरू निर्वाचनमा सहभागी थिए । नवनिर्वाचित सभापति राईले अब क्षेत्रभित्र कांग्रेसको संगठनलाई थप व्यवस्थित र चलायमान बनाउने तथा आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउने बताएका छन् ।
क्षेत्रीय सचिवमा बासुदेव बराल, सहसचिवमा महिलाबाट रमिता श्रेष्ठ र पुरुषबाट युवराज शंकर सर्वसम्मतले छानिएका छन् ।

प्रकाशित मिति: असोज १३ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend