Hamro Koshi Aawaj

मंगलबार, असोज १३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

युवतीको हातखुट्टा बाँधे पेट्रोल छर्केर आगो लगाउन खोज्दै थिए समातिए

हाम्रो कोशी आवाज
असोज १३ २०८३, मंगलबार
युवतीको हातखुट्टा बाँधे पेट्रोल छर्केर आगो लगाउन खोज्दै थिए समातिए

बिर्तामोडः युवतीको हातखुट्टा बाँधेर पेट्रोल छर्किन खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिर्तामोड नगरपालिका–५ स्थित एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधी शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्ने एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ छ ।
गत असोज १२ गते राति १०ः३० बजे जिल्ला इलाम, रोङ गाउँपालिका–०३ घर भई हाल झापा, बिर्तामोड नगरपालिका–०५ मा डेराकोठा गरी बस्दै आएकी २२ वर्षीया रविना मगरको कोठामा देश भारत, किशनगञ्ज जिल्ला, कदमगाछी थाना पछाड कट्टा ग्राम पञ्चायत घर भई हाल बिर्तामोड नगरपालिका–५, इलाम स्टेनस्थित अमृत भोग मिठाई पसलमा काम गर्दै आएका ४२ वर्षीय दिलिप चन्द्र राय प्रवेश गरेका थिए ।
रायले मादक पदार्थ सेवन गरी पेट्रोलसमेत बोकेर रविना मगरको कोठामा प्रवेश गरी तन्ना च्याती उनको हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेका थिए ।
घटनाबारे प्रहरीलाई खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिई गई निज रायलाई नियन्त्रणमा लिइएको हो । घटनामा घाइते रविना मगरलाई उपचारका लागि मनमोहन अस्पताल, बिर्तामोड लगि उपचार भइरहेको छ । सो घटनामा संलग्न रायलाई पक्राउ गरी घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असोज १३ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend