Hamro Koshi Aawaj

मंगलबार, असोज १३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बुलेट बाइक दुर्घटनाः मृत्यु हुने युवाको पहिचान खुल्यो

हाम्रो कोशी आवाज
असोज १३ २०८३, मंगलबार
धरानमा बुलेट बाइक दुर्घटनाः मृत्यु हुने युवाको पहिचान खुल्यो

धरानः धरानमा मासु पसलको वालमा बुलेट मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मृत्यु भएका युवाको पहिचान खुलेको छ ।
दुर्घटनामा ताप्लेजुङ सिदिङवा गाउँपालिका वडा नं. ४ बस्ने साब्लाखु बस्ने करिब २८ वर्षीय पेम्बा तामाङको मृत्यु भएको अस्थायी प्रहरी चौकी श्यामचोकका प्रहरी हवल्दार प्रेम थेबेले जानकारी दिए ।
मंगलबार राति पौने १ बजे धरान–१५ आडालाइनको श्यामचोकदेखि पुरानो बसपार्कतर्फ जाँदै गरेको को३५प ४११५ नम्बरको बुलेट मोटरसाइकल धरान–१५ कै दिव्या लिम्बूको मासु पसलको वालमा ठोक्किएर दुर्घटनामा परेको थियो ।
धरानमै कोठा लिएर बस्दै आएका तामाङ अर्कैको मोटरसाइकलमा राति पौने १ बजे घरबाट निस्किएका थिए । ‘म केहीबेर बाहिर निस्किन्छु’ भन्दै मोटरसाइकलको चाबी मागेर हिँडेका उनी दुर्घटनामा परेका थिए ।
प्रहरीले दिनभरीजसो लगाएर उनको आफन्त पत्ता लगाएको थियो । जेनजी आन्दोलनअघि नै सो मोटरसाइकल दर्ता रहेको र जेनजी आन्दोलनका क्रममा कागजपत्र जलेको हुनाले पत्ता लगाउन निकै गाह्रो परेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भई बेहोस अवस्थामा रहेका चालकको प्रहरीले तत्कालै उपचारका लागि धरानस्थित बीपी प्रतिष्ठानमा पुरयाइएको थियो । गम्भीर घाइते तामाङको उपचारका क्रममा चिकित्सकले राति १ः३० बजे मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।
तीब्र गति र चालकले अचानक ब्रेक लगाउँदा ब्रेकमा समस्या आई दुर्घटना हुन पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरान, सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: असोज १३ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend