Hamro Koshi Aawaj

शुक्रबार, असोज २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

रत्न माविमा विद्यार्थी तथा शिक्षकसँग छलफल

हाम्रो कोशी आवाज
असोज २३ २०८३, शुक्रबार
रत्न माविमा विद्यार्थी तथा शिक्षकसँग छलफल

धरानः नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय विराटनगरले रंगेलीमा रहेको रत्न माध्यमिक विद्यालयमा रहेका विद्यार्थी तथा शिक्षकसँग बीमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
विद्यार्थीहरू समाज रूपान्तरणका संवाहक भएकाले उनीहरूलाई सचेत गराउँदा त्यसको प्रभाव अभिभावक हुँदै समुदायस्तरसम्म पुग्ने अपेक्षाको साथ बीमा प्राधिकरणले छलफल र अन्तरक्रिया कार्यक्रमलाई समुदायस्तरमा पुरयाउँर्दै आएको छ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनले बीमालाई केवल कागजी सम्झौताका रूपमा नभई जीवन र सम्पत्तिको आर्थिक सुरक्षा कवचका रूपमा बुझाउन यस्ता लक्षित कार्यक्रमहरू फलदायी कार्यक्रलाई प्राधिकरणले प्राथमिकताको साथ रंगेलीमा गरिएको बताए ।
सो अन्तरक्रियामा बीमा प्राधिकरणका प्रथम सहायक मिलन पोखरेलले बीमाको महत्व, आवश्यकता र आर्थिक हानीबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा विद्यार्थी तथा शिक्षकहरुलाई प्रशिक्षण दिए । देशको समग्र वित्तीय प्रणालीमा बीमा क्षेत्रको योगदान, बीमाको अवधारणा, जीवन तथा निर्जीवन बीमाका प्रकार र यसको उपयोगिताबारेमा सो कार्यक्रममा जानकारी गराइएको थियो ।
अन्तरक्रिया कार्यक्रमपछि विद्यार्थीहरूका लागि बीमासम्बन्धी खुला प्रश्नोत्तर कार्यक्रमसमेत सञ्चालन गरिएको थियो, जहाँ विद्यार्थीहरूले सक्रियरूपमा आफ्ना जिज्ञासा तथा द्विविधाहरू राखेका थिए । प्राधिकरणका कोशी प्रदेश प्रमुख महर्जनका अनुसार विद्यालय तहदेखि नै विद्यार्थीलाई यस्तो व्यावहारिक वित्तीय ज्ञान दिँदा उनीहरू भविष्यमा जिम्मेवार नागरिक बन्नुका साथै परिवारलाई समेत आर्थिक सुरक्षाका उपाय अपनाउन प्रेरित गर्न सक्ने उनको भनाई थियो ।

प्रकाशित मिति: असोज २३ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend