Hamro Koshi Aawaj

शनिबार, असोज १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

संसद् कमजोर भएको छैनः सभामुख अर्याल

हाम्रो कोशी आवाज
असोज १६ २०८३, शुक्रबार
संसद् कमजोर भएको छैनः सभामुख अर्याल

धरानः सभामुख डोलप्रसाद अर्यालले सङ्घीय संसद् कुनै पनि हालतमा कमजोर नभएको स्पष्ट पारेका छन् । सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सङ्घीय संसद् सशक्त र प्रभावकारी ढङ्गले सञ्चालन भएको बताएका छन् ।
सभामुख अर्यालले सङ्घीय संसद्मा सदस्यहरूले उठाएका विषयमा आफूले टिप्पणी गर्न अलि सान्दर्भिक नहुने पनि स्पष्ट पारे । “सङ्घीय संसद्मा सदस्यहरूले उठाउनुभएको विषयलाई मैले टिप्पणी गर्न सान्दर्भिक नहोला”, उनले भने, “तर संसद् कमजोर भएको महसुस मैले गरेको छैन ।”
सभामुख अर्यालले संसद्को आफ्नो मर्यादा र गर्नुपर्ने काम आफ्नो कार्यशैलीअनुसार नै सञ्चालन हुने बताए । “तीन करोड नेपालीका लागि काम गर्ने भनेर आएका तपाईँ हामी निरन्तर खटिरहेका छौँ”, उनले भने ।
सभामुख अर्यालले व्यवस्थापिकाका सांसद, नागरिक, पत्रकारलगायतले कार्यपालिकालाई झकझक्याउने जिम्मेवारी रहेको बताए । उनले आगामी संसद्को अधिवेशन राष्ट्रियसभा र प्रतिनिधिसभा नयाँ भवनबाट सञ्चालन हुने विश्वास व्यक्त गरे । “राष्ट्रियसभा होस् या प्रतिनिधिसभा नयाँ भवनबाट सञ्चालन हुन्छ भन्नेमा म विश्वस्त छु”, उनले भने ।

प्रकाशित मिति: असोज १६ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend