Hamro Koshi Aawaj

शुक्रबार, मंसिर ४ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा डेराकोठाबाटै खैरो हिरोइनसहित पाँचजना समातिए

हाम्रो कोशी आवाज
मंसिर ४ २०८३, शुक्रबार
धरानमा डेराकोठाबाटै खैरो हिरोइनसहित पाँचजना समातिए

धरानः धरानमा ५ जना युवा लागूऔषधसहित पक्राउ परेका छन् ।
धरान उपमहानगरपालिका वडा नं. १४ हात्तीसारपथबाट प्रहरीले ५ जनालाई समाएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पिआइटी टोली र इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी बरिष्ठ नायब निरीक्षक सन्दीप कार्कीको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले स्थानीय राजकुमार डंगोलको घरमा डेरा गरी बस्ने पाँचजनालाई युवालाई लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धरान–१५ गोविन्दमार्ग बस्ने २५ वर्षीय सौरभ जिमी, धरान–२० बस्ने २२ वर्षीय सुगम राई, धरान–१४ बस्ने २१ वर्षीय अविजित निरौला, धरान–१३ बस्ने २५ वर्षीय आशिष राई, मोरङ लेटाङ न.पा. १ बस्ने २६ वर्षीय हरि लिम्बू रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए ।
उनीहरूको कोठाबाट ब्राउन सुगर नापतौल गर्दा प्लाष्टिकबाहेक १२४ ग्राम ४७ मिलिग्राम र नाइट्राजेपाम ४४५ ट्याब्लेट, स्पासपेन ६५ ट्याब्लेट, ट्रामोल १५ क्याप्सुलसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूमाथि थप अनुसन्धान थालेको जनाएको छ ।

प्रकाशित मिति: मंसिर ४ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको बीपी प्रतिष्ठानमा वैज्ञानिक कार्यक्रम

    धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको वार्षिक वैज्ञानिक कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानमा कार्यरत शिक्षक, चिकित्सक तथा अध्ययनरत् विद्यार्थीहरूले गरेका विभिन्न प्रकारका अनुसन्धान...

    • ६ घण्टा अगाडी
    • ४ मिनेट पाठ
  • धरानमा सार्वजनिक बिदा

    धरानः प्रत्येक वर्ष सुनसरीको बराहक्षेत्र धाममा लाग्ने धार्मिक हरिबोधिनी एकादशी मेला अर्थात् कार्तिके मेला (बारहक्षेत्र मेला) का अवसरमा धरान उपमहानगरपालिकाले एकदिन सार्वजनिक विदा दिएको...

    • ११ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • धरानमा अन्तर्राष्ट्रिय महिला फुटबलः पत्रकारलाई तस्वीर खिच्न रोक

    धरानः धरानमा जारी प्रथम ‘धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिता २०८३’ अन्तर्गत भइरहेको खेलकुदका गतिविधिको बुधबारदेखि तस्वीर खिच्न रोक लगाइएको छ । खेल भइरहेको...

    • २ दिन अगाडी
    • २ मिनेट पाठ
  • धरानमा अन्तर्राष्ट्रिय महिला फुटबलः सशस्त्र प्रहरी फाइनलमा

    धरानः विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) क्लब फाइनलमा प्रवेश गरेको छ । धरानमा जारी प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिता २०८३ अन्तर्गत...

    • २ दिन अगाडी
    • २ मिनेट पाठ
  • धरानको बराहका अध्यक्षसँगै कर्मचारी पनि समातिइन्

    धरानः धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्था तथा बराह ग्रुपका अध्यक्ष शिवकुमार लामिछाने (शिवकुमार विश्वकर्मा) पक्राउ परेसँगै कर्मचारी पनि पक्राउ परेकी छिन् । धरान–१५...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ
  • धरानको बराहका अध्यक्ष सुनसरीबाटै समातिए

    धरानः धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्था तथा बराह ग्रुपका अध्यक्ष शिवकुमार लामिछाने (शिवकुमार विश्वकर्मा) पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी...

    • २ दिन अगाडी
    • ४ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend