धरानः नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सुनसरीमा संयोजक र सहसंयोजक तोकेको छ।
केन्द्रीय प्रतिनिधि लक्ष्मी खतिवडाका अनुसार समूहले जिल्ला संयोजकमा सन्दीप श्रेष्ठलाई तोकेको छ। धरानका श्रेष्ठ कांग्रेसका महासमिति सदस्य हुन्।
त्यस्तै तोकिएका दुई सहसंयोजकमा मनिषकुमार राय र गणेश सुब्बा छन्। उनीहरू दुवै जना जिल्ला कार्यसमितिका सहसचिव हुन्।
देउवा समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म समानान्तर महाधिवेशन गर्ने मिति तय गरेको छ। असोज १५ गतेबाट वडा अधिवेशन सुरु गरेको समूहले वडा अधिवेशनको समय असोज १८ गतेसम्मका लागि राखेको छ ।
१८ गते नै जिल्लाका सबै वडामा अधिवेशन गरिने केन्द्रीय प्रतिनिधि खतिवडाले जानकारी दिइन्।