Hamro Koshi Aawaj

आइतबार, असोज १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा गल्फको रौनक, ६२ जना गल्फरहरूको सहभागिता, चन्द्र देवानले जिते उपाधि

हाम्रो कोशी आवाज
असोज १८ २०८३, आइतबार
धरानमा गल्फको रौनक, ६२ जना गल्फरहरूको सहभागिता, चन्द्र देवानले जिते उपाधि

धरानः रोटरी क्लब अफ हिमालयन गल्फर्सको आयोजनामा धरानमा सम्पन्न धरान ओपन गल्फ टुर्नामेन्टको उपाधि चन्द्र देवानले जितेका छन् । चन्द्रले ३२ अंकका साथ आइतबार धरान गल्फ क्लबमा ६२ गल्फरहरुको सहभागितामा सम्पन्न यो प्रतियोगिताको उपाधि जितेका हुन् ।
बसन्त राई ४४ अंकका साथ प्रतियोगिताको समग्र विजेता बनेका छन् भने डीओ भुजाङ ४४ अंकका साथ समग्र उपविजेता बनेका छन् । त्यसैगरी, महिला प्रतिस्पर्धातर्फ आस्था दुलाल ४० अंकका साथ विजेता बनिन् भने आदित्री थापा ३३ अंकका साथ उपविजेता बनिन् ।
विपना श्रेष्ठ ३३ अंकका साथ रोटरियन विधाको विजेता बनिन् । साथै, सिनियर प्रतिस्पर्धामा हेर्कराज राईले ३२ अंकका साथ प्रथम स्थान हासिल गरे । भाइराजा पाण्डे सुपर सिनियर विधाका विजेता बने । ‘क्लोजेस्ट टु द पिन’ मा विराज श्रेष्ठ विजेता बने । सिद्धार्थ राईले लंगेस्ट ड्राइभको उपाधि हात पार्द रत्न थापा स्ट्रेट लाइनको च्याम्प्यिन बने । र मेस्ट बडर््सको विधामा भिम दाहाल पहिलो बने ।
प्रतियोगिताको पुरस्कार वितरण समारोहमा क्लबकी अध्यक्ष आरति राज्यलक्ष्मी रानाले ‘आफूभन्द सेवा’ भन्ने नारालाई जोड दिँदै क्लबले खेलक्षेत्रसँगै स्थापनाकालदेखि स्वास्थ्य, शिक्षा, आँखा उपचार, बाल कल्याण र महिला सशक्तिकरणका क्षेत्रमा काम गर्दै आएको जानकारी दिइन् ।
यो क्लबले स्थापन भएको पाँच वर्षपछि पहिलो पटक उपत्यकाबाहिर प्रतियोगिता आयोजना गरेको हो । ‘सबैका लागि गल्फ’ भन्ने अभियानमार्फत क्लबले युवा गल्फ खेलाडीहरुलाई प्रशिक्षण र विभिन्न अवसरहरु समेत प्रदान गर्दै आएको छ । अध्यक्ष रानाले क्लबले ‘सी स्ङि’ भन्ने महिलाकेन्द्रित गल्फ प्रतियोगिताका लागि क्लब सक्रियताका साथ लागि परेको पनि बताइन् ।
क्लबले भदौमा रसुवाको भोटेकोशी र त्रिशुली नदिमा गएको बाढीबाट प्रभावितहरुको निम्ति राहत संकलन गर्न ‘स्विङ फर कज’ अभियान सुरु गरेको थियो । सोही अभियानलाई थप प्रभावकारी बनाउन यो प्रतियोगिता आयोजना गरिएको बताइएको छ ।
अभियान अन्तर्गत नै गत भदौमा क्लबले काठमाडौंको गोकर्णेस्थित गोकर्ण फरेस्ट रिसोर्टमा गल्फ प्रतियोगिता आयोजना गरि १२ लाख ६० हजार रुपैयाँ संकलन गरि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरेको थियो । हालसम्म क्लबले आफ्नो सदस्य, रोटरी डिस्ट्रिक्ट ३२९२ र सहयोगी संस्थाबाट ८० लाख रुपैयाँ परिचालन गरिसकेको छ । धारन ओपन टुर्नामोन्टबाट प्राप्त रकम पनि क्लबले बाढीपिढितहरुको पुनरस्थापना गर्न खर्च गरिने जनाएको छ ।

प्रकाशित मिति: असोज १८ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend