धरानः वनेम कल्याण संस्थाको ३० औं वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम शनिबार धरान–१३ स्थित संस्थाको भवनमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरे।कार्यक्रमका प्रमुख अतिथि बेघाले आफ्नो संस्कार, संस्कृति, पहिचान तथा परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले संस्था स्थापना गरी निरन्तर क्रियाशील रहेकोमा वनेम कल्याण संस्थाको प्रशंसा गर े। उनले संस्थाले समुदायको संस्कार र संस्कृतिको संरक्षणसँगै सामाजिक क्षेत्रमा पु¥याउँदै आएको योगदान महत्वपूर्ण रहेको बताए । मेयर बेघाले संस्थाको भवन निर्माणको बाँकी काम सम्पन्न गर्न उपमहानगरपालिकाको तर्फबाट ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा ताप्लेजुङको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेम,धरान–११ का वडाध्यक्ष लोकेन्द्र फागो वनेम लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संस्थाको भवन निर्माणको अवस्थाबारे चन्द्र वनेमले जानकारी गराएका थिए ।
संस्थाका अध्यक्ष वीरबहादुर वनेमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव लोकमान वनेमले संस्थाको प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजना र कोषाध्यक्ष दुर्गाबहादुर वनेमले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभाका अवसरमा संस्थाका पूर्वज तथा ज्येष्ठ व्यक्तिहरूलाई सम्मान गरिएको थियो । त्यस्तै, उच्च शिक्षा अध्ययनरत तथा उत्कृष्ट अंक ल्याई उत्तीर्ण विद्यार्थीलाई प्रशंसापत्र प्रदान गरिएको थियो भने संस्थाको सदस्यता लिएका नयाँ सदस्यहरूलाई सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रमको सुरुवात राष्ट्रिय गानसँगै लिम्बुवानी महान् योद्धा काडसोरे फागो वनेमको स्मृतिमा एक मिनेट मौनधारण गरी गरिएको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार, विभिन्न क्षेत्रका व्यक्तित्व, ज्येष्ठ नागरिक, विद्यार्थी तथा संस्थाका सदस्यहरूको सहभागिता रहेको थियो । कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष वीरबहादुर वनेमले सभा विसर्जन गरेका थिए ।