Hamro Koshi Aawaj

आइतबार, असोज १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान मोडल कलेजका विद्यार्थीलाई नगदसहित सम्मान

हाम्रो कोशी आवाज
असोज १८ २०८३, आइतबार
धरान मोडल कलेजका विद्यार्थीलाई नगदसहित सम्मान

धरानः धरान-१ स्थित धरान मोडल कलेजले विभिन्न तहमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा बधाई दिएको छ । आइतबार कलेजको सभाहलमा आयोजित कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो ।
कलेजका क्याम्पस प्रमुख प्रबिन राईका अनुसार बीबीएस चौथो वर्षमा ७०.४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बीबीएस चौथो वर्षमा ७५.२ प्रतिशत अंकसहित विशिष्ट श्रेणी हासिल गर्ने मनिषा तामाङलाई नगद ५ हजार रुपैयाँसहित अबिर र खदाले सम्मान गरिएको छ ।

त्यसैगरी बीएड चौथो वर्षमा ७१.५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बीएसडब्लु चौथो वर्षमा भने ५ जना विद्यार्थी विशिष्ट श्रेणीसहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । विशिष्ट श्रेणी हासिल गर्ने विद्यार्थीहरूमा अञ्चला कुलुङले ७६.४ प्रतिशत, दृष्टि कुलुङले ७७ प्रतिशत, इनि शाक्यले ७७.६ प्रतिशत, प्रेमा तामाङले ७८.२ प्रतिशत र सुम्निमा लिम्बूले ७७.८ प्रतिशत अंक प्राप्त गरेका छन् ।
विशिष्ट श्रेणी हासिल गर्ने पाँचैजना विद्यार्थीलाई जनही ५ हजार रुपैयाँसहित अबिर र खदा लगाएर सम्मान गरिएको थियो । सम्मानित विद्यार्थीलाई कलेजका संचालक सदस्यहरु भवानी प्रसाद भट्टराई, डा. जीवनकुमार राई, शिक्षकहरु विष्णु गुरागाई, नरेश आचार्य, सहायक क्याम्पस प्रमुख विष्णु खनाललगायतले नगद पुरस्कारसहित सम्मान गर्दै बधाई तथा शुभकामना दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि धरान मोडल एकेडेमीका अध्यक्ष राजेन्द्र खड्काले विद्यार्थीले प्राप्त गरेको सफलताप्रति खुसी व्यक्त गर्दै सफलता हासिल गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे। उनले सफल सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै आगामी दिनमा थप सफलता हासिल गर्न शुभकामना दिए ।
सम्मानित विद्यार्थी प्रेमा तामाङ र मनिषा तामाङले कलेजले निरन्तर हौसला प्रदान गर्नुका साथै अध्ययनका लागि राम्रो वातावरण निर्माण गरेकाले विशिष्ट श्रेणी हासिल गर्न सफल भएको बताए। उनीहरूले सफलताका लागि सहयोग गर्ने शिक्षक–शिक्षिकाप्रति धन्यवाद व्यक्त गरे ।

प्रकाशित मिति: असोज १८ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend