Hamro Koshi Aawaj

मंगलबार, असोज २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्याब्सन सुनसरीले दियो शिक्षकलाई एआई तालिम

हाम्रो कोशी आवाज
असोज १९ २०८३, सोमबार
प्याब्सन सुनसरीले दियो शिक्षकलाई एआई तालिम

धरानः निजी विद्यालयका छाता संगठन प्याब्सन सुनसरीले शिक्षकलाई प्रविधिमैत्री बनाउने उद्देश्यले दुई दिने एआईसम्बन्धी प्रशिक्षण दिएको छ।
शिक्षण सिकाइलाई प्रविधिमैत्री र प्रभावकारी बनाउन आयोजित तालिममा जिल्लाका दुई सयभन्दा बढी प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिको सहभागिता रहेको थियो।
तालिममा च्याटजीपीटी तथा जेनेरेटिभ एआईको प्रयोग, पाठयोजना तथा शिक्षण सामग्री निर्माण, प्रश्नपत्र निर्माण तथा मूल्याङ्कन, विद्यालय प्रशासन, प्रतिवेदन तथा प्रस्तुतीकरण निर्माण, विद्यार्थीको सिकाइ विश्लेषण, समय व्यवस्थापन तथा एआईको सुरक्षित र नैतिक प्रयोगलगायत विषयमा व्यावहारिक प्रशिक्षण दिइएको प्याब्सन सुनसरीका अध्यक्ष थानेश्वर ढकालले बताए।
तालिममा आईएनजी इम्प्याक्ट काठमाडौंका डाइरेक्टर गोविन्द थापाले मुख्य सहजकर्ताका रूपमा प्रशिक्षण दिएका थिए।
प्याब्सन सुनसरीका अध्यक्ष ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सनका पूर्व केन्द्रीय सदस्य शैलेन्द्रप्रकाश अधिकारी प्रमुख अतिथि रहेका थिए। कार्यक्रमको सञ्चालन जिल्ला कोषाध्यक्ष गोपाल निरौलाले गरेका थिए।
कार्यक्रममा इटहरी नगर प्याब्सनका अध्यक्ष सूर्य मणि निरौला, रामधुनी नगर प्याब्सनका अध्यक्ष अच्युत ढकाल, धरान नगर प्याब्सनका अध्यक्ष दीपक घिमिरे र दुहबी प्याब्सनका अध्यक्ष सुशील शाक्यलगायत जिल्ला तथा नगर प्याब्सनका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति थियो।

प्रकाशित मिति: असोज १९ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend