Hamro Koshi Aawaj

सोमबार, असोज १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रहरीलाई देख्नेवित्तिकै ८४ किलो गाँडा छाडेर भागे, खोज्दै प्रहरी

हाम्रो कोशी आवाज
असोज १९ २०८३, सोमबार
प्रहरीलाई देख्नेवित्तिकै ८४ किलो गाँडा छाडेर भागे, खोज्दै प्रहरी

धरानः मोरङको जहदामा ८४ किलो ८५० ग्राम गाँजा छाडेर एक व्यक्ति भागेका छन् ।
जहदा गाउँपालिका-१ कुडरियामा गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देखेपछि बाटोमा हिँडिरहेका व्यक्तिहरू बोरा छाडेर भागेका थिए ।
सशस्त्र प्रहरी बल नेपाल बीओपी तारेगामाबाट खटिएको टोलीले सोमबार बिहानका राति ३:१० बजेतिर कुडरिया क्षेत्रमा गस्ती गरिरहेको थियो । सो क्रममा टाउकोमा बोरा बोकेर हिँडिरहेका केही व्यक्तिमाथि शंका लागेपछि टोलीले रोक्न खोजेको थियो । तर,प्रहरीलाई देख्नेबित्तिकै उनीहरू बोरा फालेर फरार भएका थिए ।
गस्ती टोलीले छाडिएको बोरा खोलेर चेकजाँच गर्दा प्रतिबन्धित गाँजा फेला पारेको थियो । तौल गर्दा बोराभित्र ८४ किलो ८५० ग्राम गाँजा रहेको खुलेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गाँजा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ ।
गाँजा छाडेर फरार भएका व्यक्तिहरूको पहिचान तथा खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असोज १९ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • इटहरीमा सेवाग्राहीसँग घुस माग्ने इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    धरानः इटहरीमा घुस माग्ने इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नेपाल विद्युत प्राधिकरण इटहरी वितरण केन्द्रका इन्जिनियर कृष्णनारायण यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो...

    • ११ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्याब्सन सुनसरीले दियो शिक्षकलाई एआई तालिम

    धरानः निजी विद्यालयका छाता संगठन प्याब्सन सुनसरीले शिक्षकलाई प्रविधिमैत्री बनाउने उद्देश्यले दुई दिने एआईसम्बन्धी प्रशिक्षण दिएको छ। शिक्षण सिकाइलाई प्रविधिमैत्री र प्रभावकारी बनाउन आयोजित तालिममा...

    • २२ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • भोकै पढ्न आउँछन् विद्यार्थी

    -विनोद सापकोटा बिर्तामोडः नगर प्रमुख मेघाहाङ थोप्राको हातबाट नियुक्तिपत्र लिँदै गर्दा भीमाकुमारी खत्रीका आँखामा हर्षका आँशु देखिन्थे । त्यो आँशुमा एउटा शिक्षिकाले वर्षौंसम्म गरेको मेहनतको...

    • २ दिन अगाडी
    • ८ मिनेट पाठ
  • अब पाँच लाख अग्रिम र मासिक ११ हजार तिरेर नयाँ घर पाइने !

    घर बनाउनेलाई सरकारले काठ, ढुङ्गा–बालुवा निःशुल्क दिनेः ७५ हजार अनुदान र ऋण पनि पाइने धरानः पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ
  • ‘समर लभ’ को मञ्चन हुने

    विराटनगर: सुविन भट्टराईद्वारा लिखित चर्चित उपन्यास ‘समर लभ’ मा आधारित नाटक भोलीबाट विराटनगरमा मञ्चन हुने भएको छ । पूर्वका दर्शकको अनुरोधपछि कान्तिपुर थिएटरले भोली...

    • ३ दिन अगाडी
    • ३ मिनेट पाठ
  • ‘जब हातमा जग्गा धनीपुर्जा आयो, आँखा रसायो’

    पूर्वी पहाडको तेह्रथुमको छथरबाट ३६ वर्षअघि झापा झर्दा डम्बरबहादुर लिम्बूको एउटै सपना थियो- आफ्नै नाममा एक टुक्रा जमिन र ओत लाग्ने स्थायी घर तर...

    • ६ दिन अगाडी
    • ७ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend