Hamro Koshi Aawaj

मंगलबार, असोज २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एकैदिन तीन ठाउँमा दुर्घटनाः तीनजनाको मृत्यु

हाम्रो कोशी आवाज
असोज २० २०८३, मंगलबार
एकैदिन तीन ठाउँमा दुर्घटनाः तीनजनाको मृत्यु
धरानः एकैदिन तीन छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।  ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
इटहरीबाट गाईघाटतर्फ जाँदै गरेको को१क.३४१८ नम्बरको ट्रकको अगाडिको टायर पम्चर भई अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको लु.प्र.०२–००२ प.२८५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिन पुगेको थियो । उदयपुरको बेलका–६ किराँत चोकस्थित मदन भण्डारी लोकमार्ग सडक खण्डमा भएको सो दुर्घटनापछि ट्रक सडकको उत्तर साइडमा अन्दाजी ५ मिटर तल झरी पल्टिएको थियो ।
मोटरसाइकल चालक रोल्पाको स्युरी–३ बस्ने ५६ वर्षीय दले पुन मगर गम्भीर घाइते बने थिए । उनको पछाडि बस्ने दाङको घोराही उपमहानगरपालिका–१३ बस्ने ४५ वर्षीय भानु पुन मगर पनि गम्भीर घाइते बनेकी थिइन् । उनीहरू दुवैजना श्रीमान श्रीमती हुन् । उनीहरूको बेलका नगर अस्पताल रामपुरमा सामान्य उपचारपश्चात् थप उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको र दले पुनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ट्रक चालक मोरङ सुन्दरहरैंचा–३ लोचनी टोल बस्ने ४८ वर्षीय वीरेन्द्र उराव, सहचालक सुन्दरहरैंचा–५ बस्ने २२ वर्षीय आकाश पोखरेल घाइते बनेका छन् । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना सोमबार करिब ४ बजेको हो । धरानमा उपचारका क्रममा पुनको करिब साढे ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, मोरङको धनपालथान गाउँपालिका–६ मा हुलाकी सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको हो। सोमबार साँझ करिब ६ः४० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रंगेलीबाट विराटनगरतर्फ आउँदै गरेको को१९प ७७४७ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको को १९ प २ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुर्घटनामा को१९प ७७४७ नम्बरको मोटरसाइकल चालक विराटनगर महानगरपालिका–७ मिलन चोकका २२ वर्षीय दिलिप विकको मृत्यु भएको छ । गम्भीर घाइते विकलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुरयाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मोटरसाइकलका चालक धनपालथान गाउँपालिका–५ का २५ वर्षीय रुपेश सरदार घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको र कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मोरङको बुढीगंगा गाउँपालिका २ स्थित नेपाल फियुल सेन्टर अगाडि कोशी लोक मार्गमा विराटनगरबाट नेमुवातर्फ आउँदै गरेको कोशी प्र.०२ ०६१ प.७८५२ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मोटरसाइकलमा सवार सिरहा लहान–३ बस्ने १८ वर्षीय डाइमनकुमार कुश्वाहाको उपचारका चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उनको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोसामा सवार सिरहा–२ बस्ने १७ वर्षीय राहुल कुश्वाहा घाइते बनेका छन् । साइकलयात्री सुनसरीको दुहबी–१ बस्ने वर्ष २२ को साहजीत मियाँ पनि घाइते बनेका छन् । दुर्घटना सोमबार साँझ ६ बजेको हो ।

प्रकाशित मिति: असोज २० २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend