Hamro Koshi Aawaj

बिहिबार, असोज २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा छतबाट लडेर मृत्यु, खोल्सीमा खसेर अर्का बालक पनि गम्भीर

हाम्रो कोशी आवाज
असोज २२ २०८३, बिहिबार
धरानमा छतबाट लडेर मृत्यु, खोल्सीमा खसेर अर्का बालक पनि गम्भीर

धरानः धरानमा घरको छतबाट लडेर एकजनाको मृत्यु भएको छ ।
धरान–१५ मा घरको छतबाट खसेर १० महिनाको बालक काइरम श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । छतबाट खसेलगत्तै धरानस्थित बीपी प्रतिष्ठानमा उपचारका लागि ल्याइएको र थप उपचारका लागि न्यूरो हस्पिटल विराटनगर लगिएको थियो । उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बुधबार बालकको आमा सुतिरहेको समयमा दुईतले घरको छतबाट अचानक ती बालक छतबाट खसेर घाइते बनेका थिए । गम्भीर घाइते उनको उपचारका लागि अस्पताल लगिएको थियो । शव पोस्टमार्टमका लागि अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यस्तै, धरान–५ मा साइकल कुदाउने क्रममा खोल्सीमा खसेर एकजना बालक गम्भीर घाइते बनेका छन् ।
घाइते हुनेमा धरान–५ बस्ने १३ वर्षीय दीपेश लिम्बू रहेको प्रहरीले जनाएको छ । साइकल कुदाउँदै गर्दा अनियन्त्रित भई साइकलसहित आँपटार खोल्सीमा खस्न पुगेको अस्थायी प्रहरी हवल्दार हरिबहादुर कार्कीले जानकारी दिए ।
घाइते बालकको तत्कालै उपचारको लागी बीपी प्रतिष्ठान ल्याइएको थियो । हाल उनको विराटनगरस्थित विराट मेडिकल अस्पतालमा थप उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असोज २२ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend