Hamro Koshi Aawaj

आइतबार, असोज २५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको के के स्कुलको शुल्क विवादसम्बन्धी विज्ञप्तिः अभिभावकसँग विवाद चाहेका छैनौं !

हाम्रो कोशी आवाज
असोज २४ २०८३, शनिबार
धरानको के के स्कुलको शुल्क विवादसम्बन्धी विज्ञप्तिः अभिभावकसँग विवाद चाहेका छैनौं !

धरानः धरान-१५ स्थित के के इन्टरनेशनल स्कुलले अभिभावकसँग विवाद गर्न विद्यालय प्रशासनले नचाहेको जनाउँदै संवाद र पारदर्शिता कायम गर्दै प्रचलित नियम तथा निर्देशनअनुसार अघि बढ्न तयार रहेको जनाएको छ । विद्यालयले नै विज्ञप्ति जारी गर्दै विवादभन्दा विद्यार्थीको हित सुनिश्चित गर्नु र विद्यालयमा मर्यादित, सुरक्षित तथा विश्वासपूर्ण शैक्षिक वातावरण कायम राख्नु आफ्नो प्राथमिकता रहेको स्पष्ट पारेको छ ।
स्कुलले प्रधानाध्यकमाथि भएको दुव्र्यवहारको भएको आफ्नो धारणा रहेको जनाउँदै डे बोर्डिङ सुविधा, शुल्कसम्बन्धी विवाद तथा सामाजिक सञ्जालमा प्रशारित सामग्रीबारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।
विद्यालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत् सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोका अंश र त्यससँग जोडिएका विवरणले घटनाको अपूर्ण चित्र प्रस्तुत गरेको भन्दै वास्तविक घटनाक्रमबारे स्पष्ट पारेको हो ।
विद्यालयका अनुसार सम्बन्धित अभिभावकका दुई बालबालिकालाई बिहान करिब ७ बजे विद्यालय ल्याउने र साँझ ५ः३० बजेपछि मात्र घर लैजाने गरिएको थियो । नियमित पठनपाठन समयभन्दा बाहिरको उक्त समय डे बोर्डिङ सेवाअन्तर्गत पर्ने विद्यालयको भनाइ छ । डे बोर्डिङ सेवामा बिहानको अतिरिक्त कक्षा, तीन छाक खाना, करिब एक घण्टा खेलकुद तथा साँझको अतिरिक्त कक्षालगायत सुविधा उपलब्ध गराइने विज्ञप्तिमा उल्लेख छ ।
विद्यालयले डे बोर्डिङ सुविधा लिने वा नलिने विषय स्पष्ट गर्न, आवश्यक औपचारिकता पूरा गर्न र शुल्कसम्बन्धी विषय टुङ्ग्याउन अभिभावकलाई पटक–पटक आग्रह गरेको जनाएको छ । तर, स्पष्ट निर्णय र औपचारिक सहमति हुन नसकेको अवस्थामा पनि बालबालिकालाई डे बोर्डिङको समयअनुसार विद्यालय ल्याउने गरिएको विज्ञप्तिमा उल्लेख छ ।
अतिरिक्त सुविधा इच्छुक अभिभावकलाई मात्र उपलब्ध गराउने नगरपालिकाको निर्देशनको मर्मप्रति सम्मान रहेको जनाउँदै विद्यालयले अभिभावकले आफूलाई आवश्यक पर्ने सुविधा छनोट गर्न पाउने अधिकार स्वीकार गरेको स्पष्ट पारेको छ । सेवा छनोट, त्यसको उपयोग र शुल्कसम्बन्धी विषयमा विद्यालय तथा अभिभावकबीच स्पष्ट समझदारी हुनुपर्ने विद्यालयको भनाइ छ ।
यसै विषयमा गत सोमबार विद्यालयमा अभिभावक केही बाह्य व्यक्तिसहित उपस्थित भएपछि प्रधानाध्यापकसँगको छलफलका क्रममा विवाद उत्पन्न भएको विद्यालयले जनाएको छ । उक्त घटनाका क्रममा प्रधानाध्यापकको अनुमति नलिई भिडियो रेकर्ड गरिएको र त्यसका केही अंश सामाजिक सञ्जालका विभिन्न पेजमार्फत सार्वजनिक भएको विद्यालयको दाबी छ ।
सार्वजनिक भिडियोमा प्रधानाध्यापकबाट प्रयोग भएको एउटा अभिव्यक्ति अनुपयुक्त रहेको विद्यालयले स्वीकार गरेको छ । शैक्षिक नेतृत्वबाट सधैँ मर्यादित, संयमित र सम्मानजनक भाषा प्रयोग हुनुपर्नेमा जोड दिँदै विद्यालयले एउटा अभिव्यक्तिलाई मात्र आधार बनाएर घटनाको समग्र पृष्ठभूमि नबुझी प्रधानाध्यकमाथि आरोप लगाउनु र दुव्र्यवहार गर्नु उचित नभएको जनाएको छ ।
विद्यालयले असहमति वा गुनासो भए संवाद, छलफल र कानुनी प्रक्रियामार्फत समाधान खोज्नुपर्ने उल्लेख गर्दै प्रधानाध्यकमाथि भएको दुव्र्यवहारको घोर निन्दा र भत्र्सना गरेको छ । साथै, घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र विद्यालय तथा शैक्षिक नेतृत्वको सम्मान, सुरक्षा र मर्यादा कायम राख्न सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ ।
घटनापछि सोही दिन प्रहरी कार्यालयमा दुवै पक्षबीच छलफल भएको पनि विज्ञप्तिमा उल्लेख छ । उक्त छलफलमा भिडियो रेकर्डिङ तथा प्रधानाध्यापकबाट प्रयोग भएको अनुपयुक्त अभिव्यक्तिलगायत विषयमा कुराकानी भएको विद्यालयले जनाएको छ । घटनालाई व्यक्तिगत आरोप–प्रत्यारोपमा सीमित नगरी तथ्य, जिम्मेवारी र विद्यार्थीको हितलाई केन्द्रमा राखेर समाधान खोज्नुपर्ने विद्यालयको धारणा छ ।
विद्यार्थीको उपस्थिति र परीक्षासम्बन्धी दाबीबारे स्पष्ट पार्दै विद्यालयले घटनाको भोलिपल्ट अभिभावक बिहान करिब ७ बजे बालबालिकालाई लिएर विद्यालयको मुख्य प्रवेशद्वारमा पुगेको जनाएको छ । त्यस क्रममा सुरक्षा गार्डले डे बोर्डिङ सुविधासम्बन्धी आवश्यक औपचारिकता पूरा गरी अभिभावकको स्पष्ट सहमति र हस्ताक्षर प्राप्त नभएसम्म बालबालिकालाई नियमित समयअनुसार बिहान ९ बजेदेखि ९ः३० बजेको बीचमा ल्याउन अनुरोध गरेका थिए ।
तर, उक्त दिन अभिभावकले बालबालिकालाई विद्यालयमा नल्याएको विद्यालयको भनाइ छ । सोही दिन सम्बन्धित विद्यार्थीलाई बिरामी कक्षमा राखेर परीक्षा लिइएको भन्ने सामाजिक सञ्जालमा प्रसारित विवरण विद्यालयको अभिलेखसँग मेल नखाने विज्ञप्तिमा उल्लेख छ । उक्त दिन विद्यार्थी विद्यालयमा उपस्थित नभएकाले बिरामी कक्षमा राखेर परीक्षा लिइएको भन्ने दाबी तथ्यसँग मेल नखाने विद्यालयले जनाएको छ। यस विषयमा विद्यार्थीको उपस्थिति अभिलेख तथा परीक्षासम्बन्धी विवरणका आधारमा तथ्य पुष्टि गर्न पनि विद्यालयले आग्रह गरेको छ ।
विद्यालयले विद्यार्थीको शिक्षा, सुरक्षा, सम्मान र समग्र विकासलाई प्राथमिकतामा राखेको जनाएको छ। सामाजिक सञ्जालमा प्रसारित अपूर्ण भिडियो, एकपक्षीय विवरण वा अपुष्ट सूचनाका आधारमा निष्कर्षमा नपुग्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल सञ्चालक तथा सर्वसाधारणलाई आग्रह गर्दै घटनामा संलग्न बालबालिकाको गोपनीयता, सम्मान र शैक्षिक भविष्यमा असर पर्ने सामग्रीको प्रसारण तथा प्रचारप्रसार नगर्न अपिल गरेको छ ।
विद्यालयले अभिभावकसँग संवाद र पारदर्शिता कायम गर्दै प्रचलित नियम तथा निर्देशनअनुसार अघि बढ्न तयार रहेको जनाउँदै विवादभन्दा विद्यार्थीको हित सुनिश्चित गर्नु र विद्यालयमा मर्यादित, सुरक्षित तथा विश्वासपूर्ण शैक्षिक वातावरण कायम राख्नु आफ्नो प्राथमिकता रहेको स्पष्ट पारेको छ ।

प्रकाशित मिति: असोज २४ २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्

  • धरानमा अनाम नाट्य जमात सक्रिय बन्दै

    धरानः अनाम नाट्य जमातले सामाजिक विकृति, विसङ्गति, भ्रष्टाचार, बेरोजगारी तथा नागरिकका समस्या उजागर गर्ने उद्देश्यले तयार पारेको नाटक ‘देश खोजिरहेछु’ मञ्चन गर्ने भएको छ। नाटकबारे...

    • ९ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • रत्न माविमा विद्यार्थी तथा शिक्षकसँग छलफल

    धरानः नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय विराटनगरले रंगेलीमा रहेको रत्न माध्यमिक विद्यालयमा रहेका विद्यार्थी तथा शिक्षकसँग बीमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको...

    • २ दिन अगाडी
    • २ मिनेट पाठ
  • सास्थम कलेजद्वारा १२५ विद्यार्थीलाई बिदाइ

    विराटनगरः साउथ एशियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम), विराटनगरले बीएचएम २०८० ब्याच तथा बीबीए २०७९ ब्याचका विद्यार्थीलाई लक्षित गरी शुक्रबार बिदाइ कार्यक्रम...

    • २ दिन अगाडी
    • २ मिनेट पाठ
  • धरान-२० मा शौचालय बनाएर हस्तान्तरण

    धरानः धरान–२० स्थित कुसुम डाँडा संयुक्त सामुदायिक दाहसंस्कारस्थलमा लायन्स क्लब अफ धरान क्यालिबरले महिला तथा पुरुषका लागि छुट्टाछुट्टै शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ...

    • ४ दिन अगाडी
    • २ मिनेट पाठ
  • धरानमा छतबाट लडेर मृत्यु, खोल्सीमा खसेर अर्का बालक पनि गम्भीर

    धरानः धरानमा घरको छतबाट लडेर एकजनाको मृत्यु भएको छ । धरान–१५ मा घरको छतबाट खसेर १० महिनाको बालक काइरम श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ...

    • ४ दिन अगाडी
    • २ मिनेट पाठ
  • सरस्वती उच्च माविमा विद्युतीय सुरक्षा सचेतना

    विराटनगरः नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रको आयोजनामा झोराहाटस्थित सरस्वती उच्च माध्यमिक विद्यालयमा बुधबार विद्युतीय सुरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका विद्यार्थी...

    • ४ दिन अगाडी
    • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend