Hamro Koshi Aawaj

आइतबार, कार्तिक २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

रक्सीसँग सितन

हाम्रो कोशी आवाज
कार्तिक २ २०८३, आइतबार
रक्सीसँग सितन

हामीकहाँ एउटा भ्रम व्याप्त छ, ‘रक्सीसँग सितन टन्न खानुपर्छ, धेरै हानि गर्दैन ।’ उनीहरुको बुझाइ के हो भने सितन (स्न्याक्स) खाएपछि रक्सीको असर कम हुन्छ । त्यही कारण धेरैले रक्सीसँगै प्लेटभर सितन राख्ने गर्छन् । त्यसमा पनि धेरैजसो मासुजन्य परिकार हुन्छ । तारेको, भुटेको मासु । यसबाहेक दालमोठ, चिप्स पनि अनिवार्य जस्तै हुन्छ ।
उनीहरु भनिरहेका हुन्छन्, ‘रक्सी मात्र पिउनुभन्दा त्यससँगै स्न्याक्स खानु राम्रो हो ।’ वास्तवमा यो सरासर भ्रम हो । रक्सीले त हानि गर्छ नै त्यसमाथि स्न्याक्स भएपछि ‘आगोमा घिउ’ थपिए जस्तै हो ।
रक्सी र सितन एकसाथ खाँदा कम असर गर्छ भन्नै हुँदैन । सितनको रुपमा तारेको, पोलेको, भुटेको मासु खाने गर्छन् । साँधेको बदाम, चाउचाउ, भुजिया पनि त्यसमा समावेश गरिन्छ । यी सबैले स्वास्थ्यलाई एकदमै हानि गर्छ ।
कतिपयले चाहिं रक्सीसँग काँक्रो, मूला, गाँजर वा फलफूलको सलाद खाने गर्छन् । रक्सीसँग खाएपछि यी खानेकुराले पनि फाइदा गर्छ भन्ने चाहिं हुँदैन । तर अन्य सितनको तुलनामा कम हानि मात्र गर्ने हो ।
रक्सी प्रोत्साहन गर्न मिल्ने पेय पदार्थ होइन । यो आफैंमा पनि नराम्रो पेय पदार्थ हो । यो जसरी खाएपनि, जेसँग खाएपनि हानि नै गर्ने हो । यसले शरीरलाई कुनै फाइदा गर्दैन ।
कसरी गर्छ हानि ?
रक्सीले मुख्यतया शरीरको तीनवटा अंगमा नराम्रो असर गरेको हुन्छ, पेट, कलेजो र आमाशयमा । यसले आमाशय (पाचन प्रक्रिया) लाई दयनीय अवस्थामा पुर्‍याएको हुन्छ ।
सितनमा चिल्लो पदार्थ धेरै हुन्छ, जसले रक्सी तथा सितन एकैचोटि खाँदा पाचन शक्ति कमजोर भएको हुन्छ । रक्सी र सितन एकसाथ खाएपछि अपच हुने, ग्यास भरिने, बान्ता हुने समस्या हुन्छ ।
कुन-कुन अंगमा हानि गर्छ ?
रक्सीले ग्यास्ट्रिक र पाचन प्रक्रिया बिगार्छ भने योसँगै सितन खाँदा आमाशय (पाचन प्रणाली) बिग्रिएर मुटुमा, पेटमा, कलेजोमा, आमाशय (पाचन प्रणाली)मा ठूलो आन्द्रामा हुने जोखिम धेरै हुन्छ । त्यस्तै कलेजो खराब गर्ने, खाना पचाउने नली सुन्निने जस्ता जोखिमपूर्ण समस्या उत्पन्न गरेको हुन्छ । यसले पक्षघातसम्म गराउँछ ।
किन हुन्छ समस्या ?
एउटा काम नसक्दै अर्को काम थुपार्दा त्यसलाई सम्पन्न गर्न गाह्रो हुन्छ । त्यस्तै दशैंको बेला धेरै मासु खाँदा पेट र कलेजोमा त्यस्तै भार पर्छ । किनकि बिहान खाएको खाना नपच्दै पेटमा अर्को खानेकुरा पुग्दा पाचन प्रक्रियामा समस्या भइरहेको हुन्छ । मासुमा उच्च प्रोटिन हुने भएकाले पेट र कलेजोले राम्रोसँग काम गर्न सक्दैन । जसकारण अपच भएर झाडापखाला लाग्न सक्छ ।
कलेजोको काम खानालाई पचाउने हो । अन्य खानेकुराभन्दा मासु पचाउन समय लाग्छ, किनकि यो प्रोटिनको मुख्य स्रोत हो । दशैंको बेलामा मासु अत्यधिक मात्रामा जसले गर्दा कलेजोले मासुलाई पचाउन सकेको हुँदैन । त्यसमाथि रक्सीसँग मासु थप खाइरहेका हुन्छन् । यसले रक्सी र मासु दुवैलाई पचाउन कलेजोले जोडतोडका साथ कलेजोले काम गरेको हुन्छ । त्यस्तै सजिलो गरी बुझ्दा मासु पच्न समय लाग्ने होइन, बोसो पच्न समय लाग्ने हो । कार्बोहाइड्रेट, फाइबरयुक्त खाना खाएको केही घण्टामा पच्ने गर्छ भने मासुमा भएको बोसो पचाउन कलेजोबाट एउटा छुटै पित्त सानो आन्द्रामा आएपछि मात्र पच्छ ।
यति गर्दा पनि मासु नपचेर शरीरमा बोसो जम्मा हुँदै जान्छ । यसबाट मोटोपन, उच्च रक्तचाप, मधुमेह, ग्यास्ट्रिक, पेट गडबडी हुने र मलद्वारको समस्या कब्जियतलगायत समस्या निम्त्याउने सम्भावना हुन्छ । यसलाई हेलचेक्र्याइँ गरेमा अल्सर र मुटुरोगको जोखिम हुन्छ ।
कसरी पकाएको मासु पचाउन सजिलो हुन्छ ?
तेल, मरमसला कम राखेर कुकरमा पकाएको मासु पचाउन सजिलो हुन्छ । तर दशैंमा मासु यसरी झोल बनाएर वा नरम बनाएर भन्दा पनि पोलेर, तारेर, फ्राइ गरेर धेरै खाने चलन छ । पोलेर फ्राइ गरेर खाँदा मासु राम्रोसँग नपाकेको पनि हुन सक्छ । पोलेको मासुको भित्री भाग राम्रोसँग नपाक्न चपाउन गाह्रो हुने हुन्छ । जसले गर्दा आमाशयमा ठूलो टुक्रा मासु भएपछि पचाउन ढिलो हुन्छ ।
मासुको टुक्रा स–साना बनाएर सुपजस्तै गरी पकाएर खाएमा झनै पचाउन सजिलो हुन्छ । मासु पकाएर भन्दा उसिनेर खानु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । किनकि उसिनेको मासुमा बोसो कम हुने र तेल, मसलासमेत कम हुने हुँदा शरीरलाई बेफाइलदा गर्दैन । त्यस्तै मासुका साथै फाइबरयुक्त खानेकुरा पनि मिलाएर खाएमा लाभदायक हुन्छ ।
मासु बालबालिका र वृद्धवृद्धाले पाचनप्रक्रिया कमजोर हुने भएकाले उनीहरुले मासुजन्य परिकार कम सेवन गर्दा उपयुक्त हुन्छ । धेरै खाएमा नपचेर कब्जियत, पेट गडबडी हुने र मलद्वारमा समेत समस्या हुन सक्छ ।
कलेजोका बिरामी विशेषगरी मदिरा, बोसोयुक्त र चिल्लो खानाकै कारण कलेजोमा समस्या निम्तिने हो । चाडबाडको समयमा खानामा ध्यान नदिंदा कलेजो बिग्रिन सक्छ । मानिसको रगतमा रहेको अल्कोहलको मात्रा जति बढ्दै जान्छ, यसले दिमाग र स्नायु प्रणालीलाई त्यति नै नकारात्मक प्रभाव पार्दै जान्छ ।

प्रकाशित मिति: कार्तिक २ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend