Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेताको नौटंकी, नेता कहिल्यै नअघाउने, जनता भोकै रहने

अनुषा थापा
चैत्र १३ २०८०, मंगलबार
नेताको नौटंकी, नेता कहिल्यै नअघाउने, जनता भोकै रहने

देश छोड्नेको लावालस्कर अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देख्न सकिन्छ । मुलुक रित्तो हुनेगरी नेपाली युवा विदेशिरहेका छन् । अघिल्लो दिन बाबुआमाको काजकिरिया सकाएर भोलिपल्ट छोराछोरी विदेश लाग्छन् । महिला आफ्नो दुधे बालक छोडेर विदेशिन बाध्य छन् ।
विवाह गरेको भर्खरभर्खर हुन्छ, श्रीमान् विदेश गइहाल्छन् । विदेश जाने क्रममा बढेसँगै हाम्रो चालचलन हराउँदै गएको छ । विवाह गरेको पाँच दिनमा दुल्हन फर्काउनुपर्ने हुन्छ । बिहे गरेको १६ दिनमा पुनः बेहुला ससुराली र बेहुली माइती जानुपर्छ । बुवाआमा मरेको ४५ दिनमा मासिक गर्नुपर्छ ।
त्यसपछि हरेक महिना गर्नुपर्ने काम हुन्छ । तर, बेरोजगारी र गरिबीले त्यो चालचलन नै मेटाइदियो । कमाउनका लागि विदेश जान हतारो भइरहेको हुन्छ, चालचलन कसले हेरेर बस्ने ? अहिले त महिला सुत्केरी हुँदासमेत श्रीमान् साथमा हुँदैनन् । हामीकहाँ बच्चा जन्मेको सात वा नौं दिनमा न्वारन गर्ने चलन छ ।
न्वारन गरेपछि सुत्केरी छोरीलाई माइती लैजाने गरिन्थ्यो । शिशुका लागि आमाको स्तनपान अमृत हो भने शिशुको अधिकार । सुत्केरी पनि कमजोर हुन्छन् । तर, बाध्यताको अगाडि के लाग्दो रहेछ ? त्यही कमजोर ज्यान लिएर अर्काको देशमा पसिना बगाउन जान्छन् । न्यून आर्थिक अवस्था र रोगका कारण किशोरकिशोरीसमेत बुढा देखिन थालेका छन् ।
किशोरकिशोरी र बुढा राजनीतिज्ञको अनुहार हेर्नुपर्छ, बुढा राजनीतिज्ञ नै ठिटोजस्तो देखिन्छ । उमेरले बुढो भनेर के गर्नु, गालाबाट रगत चुहिएलाजस्तो झर्झर परेको छ । माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस अध्यक्ष शेरबहादुर देउवा, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलाई हेरौं ।
खाएर गाला र पेट ‘पाक्वपाक्व’ परेको छ । प्रायःजसो नेता ७० वर्ष कटिसकेका छन् । तर, त्यस्तो देखिँदैन्, किन ? किन कि जनताले तिरेको करमा मोजमस्ती जो गर्न पाएका छन् । जनताले तिरेको करमा देशविदेश गएर उपचार गर्ने, चट्ट पारेर हिँड्ने, मिठोमसिनो खाने भएको हुँदा यिनीहरु अहिलेपनि ठिटो देखेका छन् ।
जनतालाई भेडाबाख्राझैं बेच्ने, उनीहरुले रगतपसिना, घामपानी नभनिकन काम गरेर पठाएको रेमिट्यान्समा मोज गर्ने । यो क्रम विगतदेखि नै चलिरहेको छ । विडम्बना, जनताको आँखा खुलेन् । यिनीहरुलाई अब लखेट्नुपर्छ भनेर जनता जुट्दैनन् । जनताले केही गर्न सक्दैनन् भनेर यी नेताहरुले साह्रै हेपाहा छन् ।
वर्षायाममा जुका लाग्छ भन्ने त सबैलाई थाहा छ । पहिले त्यो जुका निकै सानो हुन्छ । मान्छेको रगत खाएपछि त्यो ढाडिन्छ र भुइँमा खस्छ । अहिलेका नेताहरु जुकाभन्दा गयगुज्रिएका भए । जनतालाई जति चुसेपनि यिनीहरुलाई नपुग्ने रहेछ । कमसेकम अघाएपछि जुकाले त मान्छेको शरीर त छोड्छन् तर राजनीतिक दलहरुको सत्ताको भोक कहिले नअघाउने रहेछ ।
राजनीतिक पार्टीको झोले बन्न सक्नेहरुलाई यहाँपनि छ । अन्यलाई थन्काएर, लुटेर, पार्टीका नेताको चाप्लुसी गरेर तिनले नेपालमै बसिबसि खाइरहेका छन् । नेताको चाप्लुसी गर्न नसक्नेहरुलाई त केही छैन् । उनीहरु आफ्नै जन्मथलोमा बस्नुभन्दा पनि पाउँदैनन् । साहुसँग मँहगो ब्याजमा पैसा लिएर खाडी छिर्न बाध्य छन् ।
म्यानपावरले पनि त्यही आर्थिक अवस्था कमजोर भएकालाई ठग्छ । सरकार पनि चुस्ने, म्यानपावर दलाली पनि लुट्ने । जताबाट पनि जनता नै मरेका छन् । सरकारले मलेसियासहित विभिन्न खाडी मुलुक जान ‘फ्रि टिकट र फ्रि भिसा’ भन्ने गरेको छ । तर, जनताले पाएका होइनन् ।
सरकारले देशमै रोजगारी त दिन सकेन्, विदेश जाँदा सहजीकरणसमेत गर्न सकेको छैन् । म्यानपावर कम्पनीले खाडी मुलुक पठाउनका लागि एकदेखि तीन लाख रुपैयाँसम्म असुलिरहेको छ । बिहानबेलुका भात खान नसक्नेले यत्रो पैसा कहाँबाट ल्याउने ? साहुबाट ऋण लिएर गयो, पछि तिर्न सकेन् भने साहुले नै घरखेत उडाइदिन्छ ।
नेताहरु गतिला नहुँदा जनताले कतिसम्म भोग्नुपर्दो रहेछ । विदेशी मुलुकको नेतृत्व सबल छन्, त्यसैले ती देश सबै कुरामा अब्बल छन् । नेपालीहरु कमाउन भनेर जान्छन्, बाकसमा फर्किन्छन् । योभन्दा पीडादायी कुरा अरु केही हुन सक्छ ? भाषा नबुझ्दा नेपालीहरु विदेशको जेलमा सडिरहेका छन् ।
कति नेपाली विदेशी भूमिमा अलपत्र छन् । म्यानपावर दलालीले यहाँबाट एउटा काम भनेर पठाउँछ, उहाँ पुगेपछि अर्कै । कमाउन गएका महिलाहरु अर्काको पेट बोकेर आइरहेका छन् । यति हुँदासमेत सरकारको चित्त दुख्दैन् ? राजनीतिक दलहरुको आँखा खुल्नु पर्दैन् ? जनतालाई यिनीहरुले धुरुक्कै बनाएका छन् ।
नेपालमा राजैराजा छन् । संघदेखि स्थानीय तहसम्म राजा छन् । जनता अर्काका देशमा गएर नेता, जनप्रतिनिधि, कर्मचारीलाई पालेका छन् । भर्खर बिहे गरेको जोडी विदेशमा रगतपसिना बगाइरहेका छन्, बुढाखाडा नेताचाँहि श्रीमतीको हात समातेर हिँडेका छन् । नेताहरु न आफ्नो परिवारसँग टाढिनु नै परेको छ ।
जनताले तिरेको कर र पठाएको रेमिट्यान्समा नेताहरु पूरै परिवारको लाम लगाएर विदेश भ्रमणमा जान्छन् । कर तिर्नका लागि जनताले कति दुःख गरेका छन् ? यिनीहरुले देखेका छन् । देशका नेताहरुलाई ‘जनताको हड्डी घोटेर टिका लाउँदा’ समेत चेन आउँदैन् । किन कि यिनीहरुलाई जति भएपनि पुग्नेवाला होइन् ।
गरिबीको कारणले जनताले उपचार पाएका छैनन् । स्कुलको फिस तिर्न सकेका छैनन् । केही समयअघि स्कुलको फिस तिर्न नसक्दा धादिङ्गमा एक विद्यार्थीले आत्महत्या गरे । यो कुरा राजनीतिक दलका नेताले बिर्सिए होलान् तर जनताले बिर्सिएका छैनन् । जनताले ज्वरो आउँदा एउटा सिटामोल खान पाएका छैनन् ।
खान नपाएर जनताले आत्महत्या गरेका छन् । नेताहरुले त उपचार गरेको नाममा राज्यको ढुकुटीबाट अर्बौं रुपैयाँ लिएका छन् । केपी शर्मा ओली र वर्षमान पुन उपचारको नाममा सबैभन्दा बढी पैसा लिने नेतामा पर्दछन् । उपचारको नाममा विदेश दौडिने, राज्यको ढुकुटी लुट्ने ।
अनि यस्ताले देश बनाउँछन् ? जनतालाई यी नेता देख्दा घिन लागेर आउँछ । तर, के गर्ने देशमा जनताभन्दा कार्यकर्ता धेरै भए । सच्चा जनता त आज पनि झोला बोकेका छन्, विदेश दौडिएका छन् । जनताले कर तिरेका छन्, रेमिट्यान्स पठाएका छन् । तैपनि विदेशी ऋण बढेको बढ्यै छ ।
किन कि नेताहरुको सेवासुविधा बढ्दै गयो । जनताको थाप्लोमा ऋणको भारी थुपारिदिएर नेताहरु आरामसाथ आफ्नो जिन्दगी गुजारिरहेका छन् । जनतालाई बिहान खाए, बेलुका के खाऊँ भन्ने चिन्ता छ । तर, नेताहरुलाई के चिन्ता छ ? जनता बाकसमा फर्किएपनि यिनीहरुलाई पालेकै छन् ।
नेता, कर्मचारी, जनप्रतिनिधिलगायत सबै सामन्ती, शोषकी, भ्रष्टाचारी, घुसखोरी भए । अनि देश बन्छ ? जति भएपनि यिनीहरुलाई नपुग्ने । देशको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ । राजश्व उठ्न छोडिसकेको छ । विदेशबाट पठाएको रेमिट्यान्सले जसोतसो देश चलेको छ ।
प्रधानमन्त्रीदेखि कर्मचारीले खाएको तलबभत्ता रेमिट्यान्सबाटै आएको हो । अब भन् देश कसले चलाएको छ ? खाडी गएकाले देश चलाएको होइन् । रेमिट्यान्स आउन छोडोस् न अनि देश कसरी चल्छ ? हेरौंला । नेताहरुले अझै हामीले देश चलाएका छौं भनेर कुन मुखले भन्ने ?
जनतादेखि मिडियाकर्मीसम्मलाई नेताहरुले ढाँटेका छन् । यी बुढाबाट केही विकास हुँदैन् भन्ने कुरा जनताले बुझ्नुपर्छ । यिनीहरुले नेपाल बेचेर खान बेर लगाउँदैनन् । ढाँट्ने, झुक्काउने अनि आफू मोजमस्ती गरिरहने । नेता जनताको अभिभावक बन्न सक्नुपर्छ । पहिले जनता अनि आफूको भावना बोक्नुपर्छ ।
जनता भोकभोकै छन्, नेताहरु जति खाएपनि अघाउँदैनन् । नेताहरुले आफूलाई कुन आधारमा नेपाली राजनीतिज्ञ भन्ने ? यहाँ भएको कलकारखाना सबै बन्द गरिहाले, विदेशबाट ल्याएको सामान खाइरहेका छन् । अब नौटंकी बन्द गरौं । पानी टाउकोभन्दा माथि गइसक्यो, त्यसैले होस् पुर्याऔं । जनताको अगाडि कसैको केही लाग्दैन् भन्ने कुरा नेताहरुले बुझ्न् ।

प्रकाशित मिति: चैत्र १३ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ६ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • सुनसरीको बसपार्कबाट प्रहरीले खोजीखोजी समात्यो

    धरानः सुनसरीको इनरुवाबाट प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ । इनरुवा–४ बसपार्कमा प्रहरीले खोजीखोजी युवालाई पक्राउ गरेको हो । पूर्व–पश्चिम राजमार्गमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी...

    • ४ दिन अगाडी
    • २ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend