Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

घरेलु हतियार प्रहार गरी श्रीमतीको हत्या

हाम्रो कोशी आवाज
भाद्र ५ २०८१, बुधबार
घरेलु हतियार प्रहार गरी श्रीमतीको हत्या

झापा- झापाको शिवसताक्षीमा घरेलु हतियार प्रयोग गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्।
मंगलबार साँझ ६.३५ बजे भएको यो घटनामा श्रीमती ३० वर्षीय रन्जना गौतम अधिकारीको घटनास्थलमै मृत्यु भएको हो।
उनका श्रीमान ४७ वर्षीय ओमप्रसाद अधिकारीले खुकुरी प्रयोग गरेर रन्जनाको हत्या गरेको छिमेकीले बताए।
स्थानीय वडा नं ८ शिवालय टोलको यो घटना श्रीमान श्रीमतीबीच आन्तरिक कलहका कारण भएको हुन सक्ने छिमेकीले अनुमान गरेका छन्।
प्रहरीले ओमप्रकाश अधिकारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

प्रकाशित मिति: भाद्र ५ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend