Hamro Koshi Aawaj

मंगलबार, कार्तिक ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका युवाको मलद्वारबाट निकालियो खैरो हिरोइन

हाम्रो कोशी आवाज
कार्तिक ११ २०८३, मंगलबार
धरानका युवाको मलद्वारबाट निकालियो खैरो हिरोइन

धरानः मलद्वारमा प्रतिबन्धित लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर) लुकाएर ल्याएको आरोपमा धरानका दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नं. ५ बस्ने २६ वर्षीय विशाल अछामी र ३८ वर्षीय बिरु लिम्बू रहेका छन् । इनरुवा नगरपालिका वडा नं. ४ बसचोकस्थित अस्थायी प्रहरी चौकी बसपार्क इनरुवा सुनसरीबाट खटिएको प्रहरी टोलीले लौकहीबाट इनरुवातर्फ पैदल आउँदै गरेका उनीहरूको साथबाट लागूऔषध ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।
शंका लागेर शरीर खानतलासी तथा चेकजाँच गर्दा विशालको मलद्वारको भागबाट लागूऔषध ब्राउन सुगर ४.७८ ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्रबहादुर खडकाले जानकारी दिए । बरामद गरिएको ब्राउन सुगरसहित उनीहरूमाथि थप अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति: कार्तिक ११ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend