धरानः मोरङको दुई छुट्टा छुट्टै स्थानमा चटयाङ लागेर दुईजनाको मृत्यु भएको छ ।
रंगेली नगरपालिका–९ का लुखीराम हेमरमको श्रीमती २७ वर्षीय साक्रो हेमरम खेतमा घाँस काट्दै गरेको अवस्थामा चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, मिक्लाजुङ गाउँपालिका–३ स्थितमा घर बनाउन गएका मिस्त्री झापा दमक नगरपालिका–४ का ३६ बर्षीय कुमार मोते घर बाहिर उभिएको अवस्थामा चट्याङले लागेर घाइते भई उपचारको लागि दमक अस्पताल लगिएकोमा अस्पताल पु¥याउनासाथ उनको मृत्यु भएको थियो ।
चट्याङ लागेर झापामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चट्याङ लागेर दमक–४ का ३६ वर्षीय कुमार मोतेको मृत्यु भएको हो ।
उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उता झापाको दमक नगरपालिका–८ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । इलामको महमाई नगरपालिका–४ घर भई दमक–८ स्थितमा डेरा गरी सिटि सफारी चलाउदै आएका २६ बर्षीय कमल बुर्जामगरलाई सिटि सफारी चार्ज गर्ने क्रममा विद्युत सर्ट भई करेण्ट लाग्दा घाइते भएका उनको थप उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पु¥याउनासाथ मृत्यु भएको थियो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।