Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी ब्यारेजबाट अनियन्त्रित भई खसेको बसका सबै यात्रुको सकुशल उद्दार

हाम्रो कोशी आवाज
असोज १० २०८१, बिहिबार
कोशी ब्यारेजबाट अनियन्त्रित भई खसेको बसका सबै यात्रुको सकुशल उद्दार

धरानः कोशी ब्यारेजबाट एउटा बस सप्तकोशी नदीमा खसेको छ। बस अनियन्त्रित भई पुलबाट तल खसेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
विराटनगरबाट सप्तरीतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस आज साँझ कोशी ब्यारेजको पुलबाट नदीमा खसेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए।
बसका सबै यात्रुहरुको सकुशल उद्धार गरिएको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए । बसमा सवार सबै यात्रुको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । अहिले उनीहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस सप्तकोशी ब्यारेजको ३४ र ३६ नम्बरको ढोकाको बीचबाट झरेको थियो । बस अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको थियो । चालक सिरहाको लहान नगरपालिका-८ का चन्दनकुमार मेहतालाई नियन्त्रणमा प्रहरीले जनाएको छ । चालक मेहताले ‘बस एक्कासि नियन्त्रणबाहिर गएर नदीमा खसेको’ बयान दिएका छन् ।

प्रकाशित मिति: असोज १० २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend