धरानः सुनसरीमा खानेपानी कार्यालयको गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
को१झ ६३३ नम्बरको खानेपानी कार्यालय भोजपुरको गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनी–६ बक्लौरी बस्ने ४५ वर्षीय दीपु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुरुमा मृतक चौधरीको आफन्तले मापसे गरी साइकलबाट लडेर मृत्यु भएको भन्दै घरमै उपचार गराउँदै आएका थिए । दाहिने खुट्टा सुन्निँदै गएकोले थप उपचारका लागि विराट टिचिङ अस्पताल विराटनगर पुरयाइएको र उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए ।
मृत घोषणा गरेपछि प्रहरीलाई अस्पताल प्रशासनले खबर गरेको थियो । पकलीस्थित प्रहरी कार्यालयका प्रहरी निरीक्षक लेखनाथ दाहालको कमाण्डमा खटिएको प्रहरीले दुर्घटनास्थलमा पुगी सिसिटिभी फुटेज हेर्दा र अनुसन्धानमा खानेपानी कार्यालयको गाडीले ठक्कर दिन पुगेको देखिएको खुल्न आएको देखिएको प्रहरीले जनाएको छ ।